सडकछेउमा बेवारिसे नवजात शिशु फेला

  • मंसिर १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आज बिहान वराहक्षेत्र–८ स्थित सडकछेउमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शिशुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

स्थानीयवासीले बिहान करिब ७ बजे रोएको आवाज सुनेर खोजी गर्दा शिशु फेला पारेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुलाई उद्धार गरी नगर अस्पताल चक्रघट्टी उपचारका लागि लगेका छन्। अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ।

स्वास्थ्यकर्मीहरूले बताएका अनुसार, फेला परेको शिशु छोरा रहेको र आजै जन्मिएको हुन सक्ने अनुमान गरिएको छ।

रोचक कुरा के भने, शिशु भेटेकी एक स्थानीय महिलाले अभिभावक नआएमा शिशुको पालन–पोषण आफूले गर्ने इच्छा व्यक्त गरेकी छन्। उनका अनुसार, विवाह भए पनि सन्तान नभएको कारण उनले उक्त शिशुलाई आफ्नै छोराको रूपमा पालन गर्न चाहेको बताइन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुँवरले शिशु कसको हो र कसले छाडेर गएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved