प्रथम धरान सिटी रनिङ कपको उपाधि स्वर्णिम फुटबल क्लबलाई फाइनलमा टेम्के क्लब २–० ले स्तब्ध

  • कार्तिक ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान सिटी फुटबल क्लबद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता’ स्वर्णिम फुटबल क्लब, धरान–१०ले दमदार प्रदर्शन गर्दै जितेको छ।

शनिबार भएको रोमाञ्चक फाइनलमा स्वर्णिमले धरान–१८ का टेम्के फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

पहिलो हाफमा दुवै टिमले आक्रमण र प्रत्याक्रमण गर्दै दर्शकलाई रोमाञ्चित बनाए पनि कुनै गोल हुन सकेन। खेलको गति झनै चर्किएको दोस्रो हाफको २६औँ मिनेटमा स्वर्णिमका जर्सी नं. ८ दोजे तामाङले गरेको गोलले खेलको मोड नै बदलियो। टेम्केले बराबरी गर्ने प्रयास गरिरहँदा, दुई मिनेटमै तामाङले दोस्रो गोल गर्दै प्रतिद्वन्द्वीलाई झनै दबाबमा पारे।

लामो प्रयासपछि पनि टेम्केको लागि समयले साथ नदिँदा उपाधि स्वर्णिम क्लबको पोल्टामा गयो। दुवै निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका दोजे तामाङ ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए र नगद रु ५,००० सहित सम्मानित भए।

विजेता स्वर्णिम फुटबल क्लबले रु १ लाख, गोल्डेन मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता टेम्के फुटबल क्लबले रु ५० हजार, मेडल र ट्रफीमा सिमित रह्यो।

अन्य विधाका विजेताहरू :

  • प्लेयर अफ द म्याच: रेवतराम भण्डारी (स्वर्णिम), नगद रु १,५००
  • बेस्ट गोलकिपर: प्रमिज गच्छदार (स्वर्णिम), रु ३,०००
  • बेस्ट डिफेन्डर: नगेन राई (टेम्के), रु ३,000
  • बेस्ट मिडफिल्डर: विवेक राई (स्वर्णिम), रु ३,०००
  • बेस्ट स्ट्राइकर: मिलन राई (स्वर्णिम), रु ३,०००
  • बेस्ट कोच: सुवास केसी (स्वर्णिम), रु ३,०००
  • हाई स्कोरर: उमेश राई (टेम्के), रु ३,०००
  • राइजिङ प्लेयर: एलोन जिमि (टेम्के), रु ३,०००

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved