कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा पर्सि आइतबारदेखि सूरु हुने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान
प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले परीक्षणको दायरा झन् फराकिलो बनाउने तयारी थालेको छ । परीक्षणको दर ४० हजारभन्दा बढी पु¥याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने,‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमूना ल्याई गरिने पीसीआर परीक्ष
नेपालमा थप ३० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको जननएको छ । संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, निवासी १८, ३३ र ३५ वर्षीय पुरुषहरु छन् । त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २
धरान । ८ वर्षीय बालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटोबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए । उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा आएको थियो । त्यपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । इ.प्र.का प्रमुख न्यौपाने का अनुसार अदालतबाट पक
वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी
धरान/ धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहको १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन । यसबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको समुहको अध्यक्ष प्रेमकुमार राईले बताएका छन । किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेती गरिएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्यका साथ यस खेती सुरू गरिएको छ । उनले भने, यस खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ ।ु धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहर
विराटनगर । विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ । हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो । उनले भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका
झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिद भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापा ८जनामा र रुपन्देहीका १ जना गरी जम्मा९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रुपन्देहीका २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।
धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु