धनकुटा अस्पताल आइतबार खुल्ने

  • जेठ ९, २०७७
  • "कोशीपत्र संवाददाता/ विराटनगर"
alt

कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा पर्सि आइतबारदेखि सूरु हुने भएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

जेठ ४ गते धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । लगत्तै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्थलगत अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव सहितको विज्ञ टोली लिएर धनकुटा पुगेका थिए ।

स्थलगत अनुगमनपछि प्रदेशसभाका धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद, धनकुटा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत रसरोकारवालाहरुको बैठकपछि अस्पताललाई तत्कालका लागि सिल गर्ने निर्णय गरेको थियो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता सुरेश यादवले शुक्रबार प्रेस विज्ञप्ति प्रकासित गरी अस्पतालको सेवा आइतबारदेखि शुरु हुने जनाएका छन् । अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल सम्बन्धी कार्ययोजना तय गर्न टोली धनुकटा पुगेको थियो ।

टोलीको सुझाव अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेन्डेन्ट डा. पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई,विश्व स्वास्थ्य सगठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको टोली अनलाईन बैठकबाट अस्पताल पूर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved