झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण

  • जेठ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ ।

कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ ।

बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

अरूको रिपोर्ट पनि आउने क्रममा छ ।कचनकवलका क्वारेन्टाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।उनीहरु सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् ।

कोरोना पुष्टि भएपछि बुधबार बसेको पालिकाको वैठकले जेठ ११ गतेसम्म गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गिरिएको अध्यक्ष अञ्जरा आलामले जानकारी दिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved