झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ ।
कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ ।
बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
अरूको रिपोर्ट पनि आउने क्रममा छ ।कचनकवलका क्वारेन्टाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।उनीहरु सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् ।
कोरोना पुष्टि भएपछि बुधबार बसेको पालिकाको वैठकले जेठ ११ गतेसम्म गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गिरिएको अध्यक्ष अञ्जरा आलामले जानकारी दिए ।