विराटनगर महानगरपालिकाभित्रका बैंक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खाल्ने निर्णय

  • जेठ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तश्वीर

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ ।

हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो ।

उनले भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका छन् ।

यस सम्बन्धी सबै व्यवस्थापन गर्न विराटनगर महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधान, नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देल र बैंकर्स एसोसिएसन विराटनगरका संयोजक निश्चल अधिकारीलाई तोकिएको छ । समितिले बैंक खुल्ने समय र व्यवस्थापनको तालिका बनाउने छ ।

विराटनगरमा २७ वटा वाणिज्य बैंक, चारवटा फाइनान्स कम्पनी र दश विकास बैंकका शाखा सञ्चालनमा छन् । धेरै वित्तीय संस्थाहरु एकै ठाउँमा रहेका कारण पालो प्रथामा व्यवस्थित बनाउने र सामाजिक दुरी कायम गर्दै संचालन गर्ने तयारी गरिएको बताइएको छ ।

महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति प्रधानले भने,‘‘बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा अपनाइनु पर्ने सबै सावधानी र सामाजिक दूरी कायम गर्नुपर्ने छ । हामीले यसबारे थप निश्कर्ष निकाल्ने छौं ।’’

थर्मामिटरले ज्वरो जाँच गर्ने, साबुन पानीले हात धुन लगाउने र सेनिटाइजरको प्रयोग अनिवार्य गरिने महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved