समाज

    Showing 641-650 of 6,962 items.
  • वराहक्षेत्रको कोकाहा–कौशिकीमा मकर स्नान गर्ने भक्तजनको महासागर

    वराहक्षेत्र/माघे सङ्क्रान्तिको पावन अवसरमा आज बिहीबार बिहानदेखि वराहक्षेत्रधामस्थित कोकाहा–कौशिकीको सङ्गममा मकर स्नान गर्ने श्रद्धालु भक्तजनको ऐतिहासिक भिड लागेको छ। वराहक्षेत्र नगरपालिका–१ मा अवस्थित सप्तकोशी नदी र कोका खोलाको पवित्र सङ्गममा बिहानैदेखि हजारौँ भक्तजनहरू स्नान, पूजा र वराह भगवानको दर्शनका लागि लाइनमा देखिएका छन्। मकर स्नानसँगै माघे मेलासमेत लागेपछि वराहक्षेत्र क्षेत्र पूरै भक्तिमय वातावरणले भरिएको छ। वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार मेला भर्न र मकर स्नान गर्न भक्तजनहरू बुधबार साँझदेखि नै नेपालका विभिन्न जिल्ला तथा भा

    • प्रकाशित मितिः माघ १, २०८२
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर सरकार छ, तर सडक बेवारिसे

    धरान/  “कालोपत्रे सहर” भनेर चिनिने धरान आज आफ्नै पहिचानमाथि प्रश्न उठ्ने अवस्थामा पुगेको छ । नगर सरकार छ, जनप्रतिनिधि छन्, बजेट पनि छ — तर धरान–१२ चतरालाइनदेखि धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जाने मुख्य सडक भने आज बेवारिसे बनेको छ । धरान–१२ चतरालाइनबाट धरान–१७ रेल्वे हुँदै धरान–११ मंगलबारे पुग्ने यो व्यस्त सडकखण्ड अहिले कालोपत्रे होइन, खाल्डाखुल्डीको जालो बनेको छ । धरान उपमहानगरपालिकाको गेट अगाडिको ठूलो खाल्डा केही समयअघि पुरिए पनि त्यसपछि आपगाछीसम्मको करिब दुई किलोमिटर सडक अझै पनि उस्तै दयनीय अवस्थामा छ ।

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटरी स्कुलमा ‘ग्राण्डपेरेंट्स डे’ भव्य रूपमा सम्पन्न

    इटहरी/ सुनसरीको इटहरी–६,मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयमा मंगलबार ‘ग्राण्डपेरेंट्स डे’ भव्य रूपमा सम्पन्न भएको छ। हजुरबुवा–हजुरआमाप्रति सम्मान, कृतज्ञता र संस्कार प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि प्राडा। टङ्क न्यौपानेले हजुरबुवा–हजुरआमालाई समाजका जीवित पाठशालाका रूपमा उल्लेख गर्दै उनीहरूको जीवन अनुभव, संस्कार र आशीर्वाद नै बालबालिकाको सबैभन्दा ठूलो मार्गदर्शन भएको बताए। उनले आधुनिक शिक्षाले प्रविधिसँगै मानवीय मूल्यलाई पनि उ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सप्तरङ्गी पार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मिति २०८२ साल पुस २९ गते साँझ करिब ६ः३० बजे अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरी टोलीले धरान–१७ निवासी करिब ४० वर्षीय अमित थापा मगरलाई शंका लागी चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर  १.०२ ग्राम (एक ग्राम २) मिलिग्राम फेला पारेको हो। फेला परेको लागूऔषधसहित थापा मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 828 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर राईलाई चुनाव लागिसक्यो

    धरान/  आफ्नो अभियान र अभिव्यक्तिबाट धरानलाई चर्चामा ल्याइरहने मेयर हर्क साम्पाङले आगामी चुनावबाट देशकै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्  । श्रम संस्कृति पार्टी गठन गर्नुलाई उनले प्रधानमन्त्री बन्ने प्रयोजन भनेका छन् । अञ्जुलीले समातेको माटो चिन्हमा मत मागिरहेका हर्कले देशैभर उम्मेदवार उठाउने तयारी गरेका छन् । आफू भने धरान सहितको सुनसरी–१, बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । यो क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्छ । मेयर साम्पाङले यही क्षेत्रलाई सुरक्षित ठानेका छन् । तर साम्पाङक

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खुकुरी प्रहारबाट युवकको ह*त्या, एक पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक युवकको दर्दनाक मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान–११ का ३५ वर्षीय रुपक राई मंगलबार  साँझ करिब ६ः३० बजे आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनासँग सम्बन्धित आरोपमा मृतककै मामाका छोरा धरान–११ कै ३३ वर्षीय रविन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अन

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 1,905 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा आधा रातसम्म गुन्जिए दीप

    सुनसरी/ द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा बरिष्ठ गायक दीप श्रेष्ठ हङकङको जोर्डनस्थित नाथान रोडमा आइतबार सांझ गुन्जिए । हङकङको नेप्लिज एसोसिएसनले आयोजना गरेको ‘न्यू इयर सेलिबे्रसन म्यूजिकल ग्यादरिङ’ मा गायक श्रेष्ठको ७५ औं जन्मोत्सबलाई विषेश अवसर बनाएको थियो । मध्यरातीसम्म नेपाली सुगम संगितका पारखीहरुका माझ गायक श्रेष्ठले आफ्ना दर्जन बढी कालजयी गीतहरु सुनाएर जीवनको अनूभूति पनि साटेका थिए । सुगम संगितका लिजेण्ड्री श्रेष्ठले उक्त अवसरमा ‘म त दुर देखि आएं तिम्रो नाम बोकेर’ बाट सुरु गरेर ‘हुं यात्री एउटा रुमल्लिने अंधेरी रातमा’ हुदै ‘मेरो आखामा भरदिन बाद

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अभिषेक ‘एसियन भिजिनरी सिईओ अवार्डबाट सम्मानित

    धरान/ धरान–१२ स्थित प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) अभिषेक श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। भारतको केरला राज्यस्थित कोचिमा जनवरी ६ तारिखमा सम्पन्न एसिया अवार्ड कार्यक्रमका क्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन्। उक्त कार्यक्रममा नेपालबाट पाँच जना प्रतिनिधि सहभागी रहे पनि कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ चयन हुनु धरान र समग्र प्रदेशका लागि गौरवको विषय बनेको छ। कले

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा गाँजा बोकेको मोटरसाइकल दुर्घटना, दुई युवक पक्राउ

    धरान/  सुनसरीको रामधुनी नगरपालिकामा गाँजा बोकेको मोटरसाइकल दुर्घटनामा परेपछि ठूलो परिमाणको लागूऔषध फेला परेको छ। दुर्घटनासँगै प्रहरीले १८ किलो हाराहारी गाँजा बरामद गर्दै दुई युवालाई नियन्त्रणमा लिएको हो। २०८२ साल पुस २८ गते राति करिब ९ बजेर १० मिनेटमा रामधुनी नगरपालिका वडा नं.१ मा प्र.१–०४–००२ प. २२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडेर दुर्घटना भएको थियो। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुमार मु

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओलीको विरासतलाई तोड्ला बालेनको विद्रोहले ?

    काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेको समाचार प्रकाशमा आएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने झापा–५ मा बालेनको प्रवेशले आगामी फागुन २१ को चुनावी भिडन्तलाई विरासतविरुद्ध विद्रोहको रूपमा हेर्न थालिएको छ । बालेन शाहले फागुन ५ गते काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीको उम

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved