धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ

  • पुस ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सप्तरङ्गी पार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

मिति २०८२ साल पुस २९ गते साँझ करिब ६ः३० बजे अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरी टोलीले धरान–१७ निवासी करिब ४० वर्षीय अमित थापा मगरलाई शंका लागी चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर  १.०२ ग्राम (एक ग्राम २) मिलिग्राम फेला पारेको हो।

फेला परेको लागूऔषधसहित थापा मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले लागूऔषध ओसारपसार र कारोबार विरुद्ध कडाइका साथ निगरानी बढाइएको पनि जनाएको छ।

धरानमा पछिल्लो समय लागूऔषध कारोबार बढ्दै गएको भन्दै सुरक्षानिकायले समुदायसँग सहकार्य गरेर यस्ता गतिविधि नियन्त्रणमा जोड दिँदै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved