समाज

    Showing 591-600 of 6,962 items.
  • ‘एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन’— वराहक्षेत्रमा शपथ खाएर मैदानमा उत्रिए सुजेन्द्र तामाङ

    धरान/  नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र इमानदारीमा आधारित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका तामाङले धर्तीको पहिलो तीर्थस्थल मानिने वराहक्षेत्र मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने र हुन नदिने संकल्प गरेको बताएका छन्। ‘म भगवानको नाममा शपथ खाएर मैदानमा उत्रिएको हुँ। एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने छैन, गल्ती गर्ने छैन,’ तामाङले भने। उनले पूर्व जनप्रतिनिधिहरूले गरेका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्र

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ

    भद्रपुर/ झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्। विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। माघ १९ गते साँझ भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई–छिपाई राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ। नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासीमा उक्त परिमाणको ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी बुढालाई आवश्यक क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको माटोमै भिजेको उम्मेदवार हुँ, ‘पर्यटक उम्मेदवार’बाट सचेत रहनुहोस् : सूर्यप्रसाद भट्टराई

    धरान/  सुनसरी क्षेत्र नं. १ का नेकपा उम्मेदवार सूर्यप्रसाद भट्टराई (मनोज) ले आफू धरानकै माटोमा हुर्किएको, यहाँका हरेक टोल–टोल र भूगोलका समस्या नजिकबाट बुझेको व्यक्ति भएको बताएका छन्। धरान उपमहानगरपालिका–१४ मा आयोजित वडा निर्वाचन परिचालन कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले निर्वाचनको मुखमा मात्र देखिने ‘पर्यटक उम्मेदवार’हरूबाट सचेत रहन मतदातालाई आग्रह गरे। उनले धरान–१४ लाई सांस्कृतिक तथा धार्मिक पर्यटकीय हबको रूपमा विकास गर्ने स्पष्ट खाका आफूले बोकेको बताए। ‘दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या जस्ता शक्तिपीठहरूलाई एकीकृत

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगबती चौधरीलाई जिताउन महिला एकढिक्का

    सुनसरी/ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन । भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वर्षौदेखि रसुवा नाकाको पीडा उस्तै कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएन

    काठमाण्डौं/  रसुवा नाकाहुँदै चीनको केरुङबाट सामान ढुवानी गर्ने बारे नेपाल र चीनबीच दुइपक्षिय सम्झौता भएपनि सामान कन्टेनर चालक, तथा सहचालकहरुलाई चीन प्रवेशपासको व्यवस्था नभएपछि मजदुर व्यवसायीहरुले ढुवानी सेवा सञ्चालन गर्न नसक्ने संकेत गरेकाछन् । सोमबार अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई समस्याबारे ध्यानाकर्षण गराउँदै वर्षौदेखिको समस्या उस्तै रहेकाले सामान ढुवानी सञ्चालन गर्न मजदुर व्यवसायीहरु असमर्थ हुने संकेत महानिर्देशकलाई गराइएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाईले तयार गरेको ध्यानाकर्षणपत्र सहित संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, न

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोस्रोअन्तर्राष्ट्रिय याक्थुङ सिने अवार्ड २०८२ हुँदै

    धरान/  याक्थुङ कला, संस्कृति र पहिचानको संरक्षणसँगै स्थानीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड अन्तर्राष्ट्रिय २०८२ आयोजना हुने भएको छ। लिम्बु पालम, याक्थुङ म्युजिक भिडियो तथा चलचित्रलाई समेट्दै यस वर्ष अवार्डलाई अझै फराकिलो र अन्तर्राष्ट्रिय स्वरूप दिइएको आयोजकले जनाएको छ। याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको अवार्डबारे सोमबार धरान–१२ चतरा लाइनस्थित शिखा किचनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। संघका अध्यक्ष नवीन मेन्याङ्बोका अनुसार अवार्ड यही माघ २४ गते शनिबार धरान उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुनेछ। अध्यक

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वने सातौ गोर्खा ट्रेल व्लेजर हङकङ २०२६ विजेता

    हङकङ/ विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेम्ष्ट्रििज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ कि.मि. विद्यामा विजेता वनेको छ । पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनटको रेर्कड तोडदै विजेता वनेका हुन । वेलान ५८ मिनट २९ सेकेन्डमा आप्mनौ रेस पुरा गर्दै दोस्रो वने । धरान निवासि हाल हङकङ वस्नु हुने यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो वने । महिला तर्फ नेपालकै पदमकुमारी सु

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •   फुटबलमार्फत धरानको पर्यटन र व्यवसाय प्रवर्द्धन गर्दै बूढासुब्बा गोल्डकप

    धरान/  मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करण यही माघ २२ गतेदेखि धरानमा सुरु हुँदैछ। आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र फागुन २ गते फाइनल खेल हुनेछ। धरानको खेल पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउँदै आएको यस प्रतियोगितामा यस वर्ष नेपाल, भारत र भुटानका गरी १० वटा उत्कृष्ट क्लबहरूको सहभागिता रहनेछ। दर्शकको चाहनाअनुसार यस पटक टिम संख्या आठबाट बढाएर १० पुर्‍याइएको आयोजकले जनाएको छ। आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार व्यवस्थापन, मैदान, सुरक्षा, टिम आवास तथा दर्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघ २४ देखि सातौँ झापा गोल्डकप, विजेतालाई १५ लाख नगद

    बिर्तामोड/  झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी गराए । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहनेछ । प्रतियोगिताका विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा ‘साइन्याप्स २०२६’ भव्य रूपमा सुरु, १९ मेडिकल कलेजको सहभागिता

    धरान/ धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज स्तरीय प्रतिष्ठित कार्यक्रम ‘साइन्याप्स २०२६’ शुक्रबारबाट भव्य रूपमा सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा सुरु भएको यो सातदिने महोत्सवले भावी स्वास्थ्यकर्मीहरूलाई शैक्षिक गतिविधिभन्दा बाहिरका प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।प्रतिष्ठानको परिसरमा आयोजित उद्घाटन समारोहको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गरेका हुन्। अन्तर–मेडिकल कलेजस्तरीय यो प्रतिष्ठित कार्यक्रम सन् २०१८ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको भए पनि कोभिड

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved