२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वने सातौ गोर्खा ट्रेल व्लेजर हङकङ २०२६ विजेता

  • माघ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

हङकङ/ विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेम्ष्ट्रििज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ कि.मि. विद्यामा विजेता वनेको छ ।

पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनटको रेर्कड तोडदै विजेता वनेका हुन । वेलान ५८ मिनट २९ सेकेन्डमा आप्mनौ रेस पुरा गर्दै दोस्रो वने । धरान निवासि हाल हङकङ वस्नु हुने यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो वने ।

महिला तर्फ नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ सेकेण्ड र वेलायतका एलिना विलियमले १ घण्टा १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वनिन । पुष्प र सरोज गत साल धरानमा संपन्न तेस्रो गोर्खा टे«ल व्लेजरका विजेता हुन । गोर्खा सेमिष्ट्रिज ट्रष्ट नेपालले यहि वर्ष देखि महिला पुरुष विजेतालाई हङकङमा हुने ट्रेल व्लेजरमा सहभागिताको लागि सुरुवात गरेका हुन ।

३० कि.मि. रेसमा युक्रेनका अलेक्सी र चिनका चे क्वान लि वने विजेता

gorkh4

३० कि.मि. टे«ल विद्यामा पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनट ७ सेकेण्ड र महिला तर्फ चिनका चे क्वान लिले ४ घण्टा ३० मिनट ४७ सेकेण्डमा रेस पुरा गर्दै उपाधि हात पारेकी छन ।

पुरुष तर्फ हङकङ चिनका चे किङ युनले ४ घण्टा १८ सेकेन्ड र फ्रान्सका स्रील गोमेजले ४ घण्टा १९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वने । महिला तर्फ नेपालकी हाल हङकङ वस्नु हुने दिलु लिम्वुले ४ घण्टा ३४ मिनट ४० सेकेण्ड र हङकङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनट १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वनिन ।

३० वटा देशका ट्रेल रेस धावक धाविकाले प्रतिश्पर्धा गरेको सातौ गोर्खा ट्रेल व्लेजरका विजेताहरुलाई मेडल, विर गोर्खाको चिनारी खुकुरी र गिप्mट ह्म्पर प्रदान गरिएको थियो ।

उनिहरुलाई कार्यक्रमका अतिथि रोयल व्रिटिस लिजन हङकङ चाइनाका व्रान्च अध्यक्ष स्टीभ ट्रायट, लिङमा कन्सट्रक्सन इन्जिनियरिङका निर्देशक माया थुलुङ, व्रीटिस कन्सुलेट हङकङ चाइनाका जेनेरल सारा रविन्सन र पीएच सीपीएस स्कुलका प्रिन्सिपल आइरिन लाईले पुरस्कार वितरण गरेका थिए ।

ट्रेल रेस हङकङको लौ सि हुङमा १२ कि.मि. र ३० कि।मि।दुइ विद्यामा भएको थियो । गोर्खा व्लड हङकङ सहआयोजकको रुपमा रहेको गोर्खा ट्रेल रेसको सातौ संस्करणमा व्रिटिस च्याम्वर अफ कमर्श, लिङमा कन्सट्रक्सन, चाइल्ड वेलफेयर स्कीम, कादुरी स्टेट सहयोगि संस्थाको रुपमा रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved