धरानको माटोमै भिजेको उम्मेदवार हुँ, ‘पर्यटक उम्मेदवार’बाट सचेत रहनुहोस् : सूर्यप्रसाद भट्टराई

  • माघ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरी क्षेत्र नं. १ का नेकपा उम्मेदवार सूर्यप्रसाद भट्टराई (मनोज) ले आफू धरानकै माटोमा हुर्किएको, यहाँका हरेक टोल–टोल र भूगोलका समस्या नजिकबाट बुझेको व्यक्ति भएको बताएका छन्।

धरान उपमहानगरपालिका–१४ मा आयोजित वडा निर्वाचन परिचालन कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले निर्वाचनको मुखमा मात्र देखिने ‘पर्यटक उम्मेदवार’हरूबाट सचेत रहन मतदातालाई आग्रह गरे।

उनले धरान–१४ लाई सांस्कृतिक तथा धार्मिक पर्यटकीय हबको रूपमा विकास गर्ने स्पष्ट खाका आफूले बोकेको बताए।

‘दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या जस्ता शक्तिपीठहरूलाई एकीकृत गर्दै धार्मिक पर्यटनको दीर्घकालीन विकास हाम्रो प्राथमिकता हो,’ भट्टराईले भने।

विगतका निर्वाचनमा बाहिरबाट उम्मेदवार ल्याएर जिताउने र जितेपछि ती उम्मेदवारहरू जनताको पहुँचभन्दा टाढा जाने प्रवृत्तिले धराने जनता आजित भएको उल्लेख गर्दै उनले आफू सधैँ जनताको सेवामा उपस्थित रहने प्रतिबद्धता जनाए।

‘म यहीँको मान्छे हुँ। मलाई खोज्न कतै जानु पर्दैन। मेरो घरको गेट तपाईंहरूका लागि सधैँ खुला रहनेछ,’ उनले आत्मविश्वासका साथ भने।

‘हामी चुनाव जित्नका लागि मात्र यहाँ आएका होइनौँ, तपाईंहरूको दुःख–सुखको साथी बन्न र धरानको समग्र विकासका लागि समर्पित हुन आएका हौँ,’ भट्टराईले थपे।

नेकपाका कोशी प्रदेश संयोजक तथा संविधान सभा सदस्य सावित्रा कुमार काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा सुनसरी–१ का निर्वाचन परिचालन समितिका संयोजक एवम् संविधान सभा सदस्य किरण राईलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा वडा निर्वाचन परिचालन कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।
नेकपा धरान नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरानका ३, ५, ११, १४, १६, २० वडा, रामधुनीको वडा नं। ६ तथा बराहक्षेत्रका वडा नं। १, २ र ३ मा निर्वाचन परिचालन कार्यालय स्थापना भइसकेको छ।

धरान–१४ बाट सुरु गरिएको घरदैलो कार्यक्रम हाल अन्य वडासम्म विस्तार गरिएको उनले जानकारी दिए।

यसैबीच, नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष तथा निवर्तमान धरान नगर प्रमुख हर्कराज राईले समेत मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved