समाज

    Showing 5,911-5,920 of 6,741 items.
  • ‘निजीलाई पोस्ने’ यातायात ट्रायल सेन्टरको निर्णय कार्यान्वयन नगर्न लेखा समितिको निर्देशन

    विराटनगर । अब प्रदेश १ सरकारलाई ‘निजीलाई पोस्ने’ गरी यातायात सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन गर्न कठिन भएको छ । सार्वजनिक लेखा समितिले यस निर्णयबाट पछि हट्न मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई सोमबार निर्देशन दिएको छ । प्रदेश १ मा यातायात कार्यालयले जग्गा भाडामा लिएर निःशुल्क रुपमा ट्रायल सेन्टर संचालन गर्दै आएका थिए । तर, राई आफैंले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयले भने सरकारको निर्णयलाई कार्यान्वयन गर्न यातायात कार्यालयलाई परिपत्र गरी प्रक्रिया नै शुरु गरिसकेको छ । प्रदेश सरकारले गत पुस दोस्रो साता सवारी चालक अनु

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,054 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • १६ नम्बर वडा बालमैत्री वडा घोषित

    धरान/  धरानमा थप एउटा वडा बालमैत्री वडा घोषण भएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी धरान १६ नम्बर वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो ।यो सगैँ धरानमा बालमैत्री वडा घोषण हुने वडाको संख्या १४ पुगेको छ भने ६ वडा अझै पनि घोषणा हुन बाँकी रहेका छन् । स्थानीय शासन रणनिति २०६८ले निर्धारण गरेको सुचकहरु गत चैतमै पुरा गरेको भएपनि कोरोनाका कारण केही घोषणा गर्न केही ढिलाई भएइको वडा बाल सञ्जालका अध्यक्षा ऐनिस रेग्मीले बताए । १६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीका अनुसार ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।उनले

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालिकालाई करणी गरेको आरोपमा पक्राउ

    विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्धक बनाई फिरौती माग्ने पक्राउ

    मोरङ/ विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले बताएको छ । उनीहरूले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सो टोलीले कामतलाई सूचना पाएको दुई घण्टाभित्रै विराटनगर–६ बाट सकुशल उद्धार गरेको प्रहरीको भनाइ छ । मानिस बन्धक बनाएको आरोपम

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटकमा साथी बनाउँदै बलात्कार र लुटपाट

    इटहरी/  सामाजिक सञ्जालबाट चिनेकै भरमा विश्वास गर्दा एक किशोरीले आफ्नो कुमारित्वसँगै सम्पत्ति पनि गुमाएकी छन् । फेसबुक, म्यासेन्जर र टिकटकमा चिनजान भएकै भरमा राखिएको प्रेम प्रस्ताव र विवाहको प्रलोभनमा परेपछि धनकुटाकी एक किशोरी लुटिएकी हुन् । सामाजिक सञ्जालका माध्यमबाट थुप्रै महिला र किशोरीहरूलाई विवाहको प्रलोभनमा पारी लुटपाट र बलात्कार गर्दै फरार रहेको अभियोगमा इटहरी इलाका प्रहरी कार्यालयले शुक्रबार एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङलाई नियन्त्रणमा लिएको हो । गुरूङ ती किशोरीलाई इटहरीको एक हो

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 745 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अदुवाको मूल्य अहिलेसम्मकै न्यून : भारत निकासी हुन सकेन

    धरान/ भारतले अदुवा आयात खुल्ला गरे पनि नेपालमा उत्पादन भएका अदुवा भारत निर्यात हुन सकेको छैन । विगतमा जस्तो भारतले आयातमा प्रतिबन्ध लगाएर नभई अदुवाको भाउ ह्वात्तै घटेका कारण कारोबार ठप्प हुँदा भारत निर्यात हुन नसकेको हो । धरानको कृषि उपज बजारका अनुसार विगत वर्षहरूको तुलनामा कृषि बजारमा पूर्वी पहाडी क्षेत्रबाट अदुवा कम भित्रिएको छ । आव ०७६÷०७७ मा प्रतिकेजी १ सय २० रूपैयाँ पर्ने अदुवा आव ०७७÷०७८ मा घटेर प्रतिकेजी २८ रूपैयाँमा झरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा बजारमा आउन कम भएको कृषि उपज बजारले जनाएको छ । भारतले आफैँ अदुवा उत्पादन गरेर नेपालको अदुवा खरिद नगर्दा अदुवा भारतत

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 1,073 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • इलामका फरार अभियुक्त बिहिबार धरानबाट पक्राउ

    इलाम / अदालतले जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ । रोङ गाउँपालिका वडा नं। २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो ।

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु

    धरान/ धरानमै पहिलो पटक विद्यालय स्तरमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु भएको छ । साहारा थ्रिएटरको अयोजनामा धरानमा मंगलबारबाट १५ दिने प्रशिक्षण कार्यक्रम सुरुभएको हो । प्रशिक्षण कार्यक्रममा के के इन्ट्रनेश्नल , शिक्षा सदन , भानु स्मृती,शहिद स्मृती लगायत धरानका ९ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्मका ४८ जना विद्यार्थीहरु सहभागि भएको थ्रिएटरका अध्यक्ष नविन म्यानाङवोले बताए । सुस्ताउदै गएको धरानको रंगकर्मलाई चलायमान बनाउन र पछिल्लो समय लकडाउनका कारण वालवालिकामा परेको मानसिक असरका कारण आत्महत्यामा जस्ता जघन्य अपराधहरु समेत बढ्दै गएकाले यस्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए । उनले भने,‘

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजवंशी परिवारलाई हटाउने षड्यन्त्र

    विराटनगर/ वर्षौंदेखि बसेको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका–३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ । विराटनगर–३ को गोग्राहा चोक (कन्या मार्ग) मा बसोवास गर्ने कालीचरण राजवंशीले सँधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग मिलेर हटाउने प्रयास थालेको बताए । पत्रकार महासङ्घ मोरङको सभाहलमा बुधबार परिवारका सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित कालीचरणले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेपछि महानगरको न्यायिक समितिले समेत हट्न दवाब दिन थालेको सुनाए । ७२ वर्षीय बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी सो घरमा बस्ने गरेको र गरिखाने मेलोसमेत राम्र

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 1,325 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खैरो हेरोइनको कारोबार बढ्दो: लागूऔषधका २८ मध्ये खैरो हेरोइनका १५ मुद्दा

    धरान/  पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ता बढ्न थालेका छन् । सामान्य रूपमा प्रयोग गरिने लागूऔषधको तुलनामा खैरो हेरोइनको प्रयोग अत्यधिक हुन थालेको छ । केही समययता यहाँ पनि खैरो हेरोइनको प्रयोगमा वृद्धि भएको पाइएको छ । धरान प्रहरीले दैनिकजसो खैरो हेरोइनसहित प्रयोगकर्ता पक्राउ गर्नुले यसलाई पुष्टि गर्छ । अहिले खैरो हेरोइनको लहर नै चल्न थालेको छ । धरान प्रहरीले मङ्गलबार एकै दिन पाँचजनालाई खैरो हेरोइन कारोबारमा पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ दशमलव ४ मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ । एकै दिन पक्राउ परेका आठजना लागूऔषध कारोबारीमध्ये तीनजना सामान्य प्रकारका लागूऔषधसहित पक्र

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved