धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् । साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्
धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् । कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह
इलाम/ परम्परागत रुपमा गरीदै आएको कोदो खेती अहिले पनि इलामको ग्रामीण भेगमा फाट्ट फुट्ट पाईन्छ । रैथाने बालीको रुपमा रहेको र लोप हुँदै गरेको अवस्थामा अहिले पनि इलामको माई नगरपालिकाका ग्रामीण ठाउँमा कोदो खेती फाट्ट फुट्ट पाईने गरेको हो । नेपालमा करोडौको कोदो आयात भइरहँदा इलाममा भने फाट्टफुट्ट कोदो खेती हुने गरेको छ । सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि घट्दो क्रममा रहेको कोदो खेती इलाममा अहिले पनि मासिएको छैन । जिल्लाको माईनगरपालिकाको ग्रामिण भेगका किसानले अहिले पनि कोदो खेति गरिरहेका छन । कम मूल्य भएकाले धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिने र खेती लगा
धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ सिटिस्क्यान सञ्चालनमा आएपछि विरामीहरुले राहतको महशुष गर्न थालेका छन् ।बीस बर्ष भन्दा अघिको सिटिस्क्यान समय समयमा विग्रदा विरामीले अनावश्यक झन्झट र सास्ती भोग्नु परेको थियो । तर मंगलबारदेखि प्रतिठानले २ सय ५६ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएपछि विरामीहरुले राहत महशुष गरेका छन् । तेह्रथुम लालीगुरासका दिपक पौडेलले आमालाई पेटको समस्या भएर प्रतिष्ठानको मेडिसिन विभागमा भर्ना गरेको एक हप्ता पुगेको छ । एक हप्ताको अवधिमा करिब तीन चारपटक प्रतिष्ठानका चिकित्सलेले सिटिस्क्यान गर्न लगाए । तर प्रतिष्ठानमा सिटिस्क्यान विग्रि
धरान/ पुष माघको जाडो शुरु भए सँगै गाउँघरमा हरेक बिहान तथा साँझ पर्न थाले पछि भक्का खानेको लाइननै हुन्छ । चामलको पीठोलाइ बाफद्वारा बनाइएको भक्का चटनी वा चियासँग खानुको मज्जा नै बेग्लै हुन्छ । भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ । आदिवासी समुदायको विषेश खाजाको रुपमा लिइने भक्का अहिले पुर्वी तराई क्षेत्रमा लोकप्रिय खाजाको रूपमा लिइन्छ । बच्चा देखि बृद्धसम्मले खान मिल्ने भक्का माटोको भाँडो प्रयोग गरि बटुका आकारमा बनाइन्छ । आदिवासी समुदायमा महिलाले बनाउने सँस्कृति भए पनि अहिले अधिकांश ठुला ठुला शहर तथा रे
विराटनगर/ प्रदेश १ मा कोरोना संक्रमितको संख्या घटेको छ । मंगलबार जम्मा १३ जनामा मात्र संक्रमित थपिएका छन् । लक्ष्यण देखिएकाहरुमा हुने परीक्षण दर घट्दा संक्रमित थपिने संख्यासमेत कम देखिएको छ । तर, चिकित्सकहरुको अनुमानअनुसार दोस्रो लहरको अन्तिम बिन्दुमा पुग्दा पुरानो भेरियन्ट डेल्टाको कारण हुने संक्रमण घटेको देखिन्छ । तर, यहीबेला नयाँ ओमिक्रोनको भेरियन्टको जोखिम भने ह्वात्तै बढेको उनीहरुको भनाई छ । कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण ओमिक्रोन छिमेकी देशहरुमा समेत आईसकेकोले खुला सिमाना भएको नेपाल जस्तो मुलुकका लागि चुनौतीपूर्ण भएको बताउँछन् । “हामीले बेलैमा सचेतना नअपनाउने हो भने धे
धरान । निकै लामो कसरतपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । पुुरानो सिटिस्क्यान मेसिन विग्रिएका कारण प्रतिष्ठानले नयाँ सिटिस्क्यान मेसिन खरीद गरेको थियो । मेसिन खरिद गरेरपनि सञ्चालनमा नल्याएको भन्दै प्रतिष्ठान पदाधिकारीको चर्को आलोचना हुुदै आएको थियो भने विरामीले सास्ती खेप्नुु परेको थियो । मंगलबारबाट भने प्रतिष्ठानले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । अहिले प्रतिष्ठानमा जडान गरिएको ‘२५६ स्लाइस’ सिटिस्क्यान मेसिन काठमाण्डौ बाहिर पहिलो पटक विपी प्रतिष्ठानमा ल्याइएको हो । यो मोसिनबाट दैनिक ६० जनाको सिटिस्क्यान गर्न सकिने
सुनसरी । सुनसरीको इटहरीमा आफ्नै सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु भएको छ । मंगलबार इटहरी ४ स्थित भिानजुकै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईको छुरा प्रहारबाट ५१ वर्षीय भिनाजु मुरारी गिरीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा बिराटनगरस्थित नोबल अस्पतालमा मंगलबार ७ बजे मृत्यु भएको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
उदयपुर/ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ ।चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रू. डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको कृषक बिन्द्रमान मगर बताउँछन् । १० वर्षदेखि व्यावसायिक बेसारखेती हुँदै आएको सिद्धिपुरमा दुई वर्ष अघिसम्म वार्षिक एक करोडको बेसार उत्पादन हुने गरेकामा गत वर्षदेखि वार्षिक रू. डेढ करोडभन्दा बढीको बेसार उत्पादन भएको अर्का कृषक भुपेन्द्र मगरले बताए । गत वर्षको तुलनामा यस वर्ष बेसारखेती विस्तारसँगै वृद्धि भएकाले यसपटक सरदर रू.
धरान/ पूर्वको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटकको चहलपहल बढ्न थालेको छ ।लकडाउनले सिथिल बनेको भेडेटारमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । कोभिड १९ का कारण लामो समयदेखी आर्थिक मारमा परेका व्यवसाय अब चहल पहल बढेसंगै पहिले कै स्थितिमा फर्कने आसामा छन् होटल व्यावसायीहरु पनि । लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा भेडेटारको व्यवसाय अघिल्लो ६ महिना ठप्प जस्तै बन्यो । पर्यटनले नै धानेको भेडेटारमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । चहल पहल बढेसंगै विगतमा भोगेको आर्थिक भार कम हुनेमा होटल व्यवसायीहरु आसावादी बनेका छन् । भेडेटारका होटल