धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स
धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्याली तथा कोणसभामा सहभागी रहेका थिए । राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो । ‘श्रमिक दिवस कहिले मनाउने हो, किन मना
धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परि
धरान । वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको नेता राई संघर्षशिल, स्पष्टवक्ता, लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु सँग परिचित छन् र मेयरको हैसियतमा समाधनका क्षमता पनि राख्छन् । राजनीतिक यात्रा बारे संक्षीप्त चर्चानेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म मोरङको बोराबाधमा आमा लक्ष्मी राई र पिता पृथ्वी ब
धरान: धरानमा गठबन्धनकको तर्फबाट नेकपा मओवादीका अइन्द्र बिक्रम बेघाले उपमेयरको टिकट पाएका छन् । ७४ सालको स्थानीय तहको निर्वाचनमा मओवादीको तर्फबाट मेयरको उम्मेद्वारा रहेका बेघालाई पुनः उपमेयरमा दोहो¥याउने निर्णय भएको मओवादीका नगर अध्यक्ष मनोज भट्टराईले बेघाले टिकट पाएको पुष्टि गरेका हुन् ।
रंगेली । मोरङको पुरानो सदरमुकामको रुपमा रहेको रंगेली नगरपालिकमा मेयरमा नेकपा एमाले बाट सर्वसम्मत सहमति जुटेको छ । आगामी बैशाख ३० हुने स्थानीयतहको निर्वाचनका लागि मेयरमा नेकपा एमालेका तर्फबाट दिलिप बगडीया सर्वसम्मत रुपमा छनौट भएका हुन् । मेयरमा सर्वसम्मत भएपनि उपमेयरमा सर्वसम्मत हुन सकेन । एमाले नगर अध्यक्ष दल बहादुर वस्नेतका अनुसार उपमेरमा केशव कुमारी खराल, उषा झा, र भुमा पराजुलीको नाम सिफारीस गर्ने निर्णय भएको जानकारी दिए । बगडीया ०७४ सालका निर्वाचनबाट रंगेलीको मेयर निर्वाचित भएका उनलाई फेरी पनि प्रमुखमा दोहो¥याउने निर्णय पार्टीले गरेको हो । ७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी
२०३८ सालमा शिक्षा निकेतन माविमा अध्ययनरत हुँदा देखि नै नेकपा एमालेका धरान नगर इन्चार्ज नारायण सुवेदीको राजनीतिक जीवन शुरु भएको हो । वामपन्थी राजनीतिमा प्रभावित भएर सक्रिय बनेका सुवेदी अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य देखी राजनितिक यात्रा तय गरेका हुन् । अहिले पनि उनी पार्टीमा उत्तिकै सक्रिय रहेका छन् । विद्यार्थी समय देखिनै सक्रिय राजनीतिकमा आएका सुवेदीले युवासंघमा समेत सक्रिय भएर काम गरे । २०५७ साउनदेखि धरानको सैनिक भवमा सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनबाट नगर कमिटीको सदस्य बने । राजनीतिक जीवनमा जहिल्यै इमान्दार बनेर पार्टी संगठनमा अहोरात्र खटिदै आएका सुवेदी नगर कमिटीको सचिव, उपाध्य
धरान । ‘अनुहारको चाउरी छिप्पिंदै गरेको आमाको सहारा हेरें । कुप्रिएको ढाड सोझ्याउने पटुका सकिएर झन कुप्रो हुँदै गएको देखें । मलाई काखमा राखेर को खाइ ? को खाइ ? भन्दै आधा पेट काटेर आमाले ख्वाएको दिन सम्झेर ल्याएँ ।’ ‘सिमेन्टीको बजारमा अनगिन्ती सपना बोकेको छुस्स अनुहार लिएर विदेशिएँ । वर्षाको मुसलधारे धार घरको छानाबाट झर्दा ‘टाल्छु’ भनी हजार कोसिस गर्दा पनि झन रिनको भारी थपिएपछि, ‘हामी मात्र भोटर हो’ भन्ने बुझेपछि, हरियो पासपोर्ट बोकेर आकाशमा उड्दै गर्दा निकै ठूलो सास फेरेको थिएँ तर, पचास डिग्री घाममा बेल्चा हान्दाहान्दै सास मात्र फेर्न सकें तर लिन सकिन
धरान । देशका शहीदहरूले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपालको इतिहास र नेपालीको भविष्यका लागि उपहार भएको नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले बताए । शहीद रत्नकुमार वान्तवाको ४३ औँ स्मृति दिवसको अवसरमा इलाममा नेम्वाङले शहीद वान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गरेका थिए । उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा वान्तवाको योगदान महत्त्वपूर्ण छ, त्यसलाई मनन गर्दे कम्युनिस्ट नेता कार्यकर्ताले ऊर्जाशील ढङ्गबाट अगाडि बढ्न तयार हुनुपर्छ ।’ आइतबार इलामको ठुलो टुँडिखेल स्थित रत्न चोकमा रहेको शहीद वान्तवाको स्मारकमा माल्यार्
धरान । भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व आइतबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो । तर धनकुटाको हिलेमा यो वर्ष पनि मेला लागेन । रामनवमी पर्वकै दिन देशका विभिन्न ठाउमा मेला समेत लाग्ने गर्दछ । कोरोनाकै कारण दुई बर्ष यस्ता मेला लाग्न सकेको थिएन । धनकुटाको हिलेमा प्रत्येक बर्ष राम नवमीका दिन मेला लाग्थ्यो । तर कोरोनाको जोखिम घट्दै गए पनि यस वर्ष हिलेमा मेला लाग्न नसकेको स्थानीय कविराज घिमिरे बताउँछन् । उनले भने, ‘विगतका बर्षहरुमा रामनवमीका दिन भव्य मेला लाग्थ्यो, तर कोरोनापछि भने त्यसरी मेला लाग्न सकेको छैन, अझै पनि कोरोनाको सन्त्रास सर