एमालेका वडाअध्यक्ष गिरीको ५ वर्ष :सडक विस्तार देखि नागरिकलाई निशुल्क स्वास्थ्य बिमा

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो ।
जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् ।
धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परिचित छ धरान । राजनितिक रुपमा नेकपा एमालेको बर्चश्व रहेको धरानका १४ वटा वडामा एमालेका जनप्रतिनिधीहरु निर्वाचित भएका थिए । यसै मध्ये धरानको वडा नम्बर १६ पनि हो । वडाअध्यक्षका रुपमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए दिल कुमार गिरी । उनले वडा नम्बर १६ लाई एक नमुना वडा बनाउन सफल भएका छन् ।
गिरिको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षको समय अवधि सकिनै लाग्दा १० किलोमिटर सडक निर्माण भइसकेका छन् भने ४ किलोमिटर ड्रेन निर्माण सम्पन्न भएर अरु तयारी अवस्थामा रहेका छन् ।
लामो समयको अवधिपछि जनताको अधिकार प्राप्त जनप्रतिनिधिहरु स्थानीय तहमा आएर गरेको यस कामलाई त्यसै नकार्न सकिन्न् । वडाको आर्थिक बजेटले वडा भित्र सञ्चालीत आयोजना सम्पन्न गर्न सम्भव नरहने वडाध्क्ष गिरी बताउँछन् । संघिय, प्रदेश, नगर सँगको समन्वयमा वडामा भएका विकाशका योजनाहरु सम्पन्न गर्न गिरीको उल्लेख्य योगदान रहेको छ ।
धरान उपमहानगरको गौरबको अयोजनाको रुपमा रहेको तारा सुब्बा स्मृती पार्क, खहरे करिडोर निर्माणमा समेत गिरिको कार्यकालमा भएका विकाशे काम हुन् । एमालेका तर्फबाट मेयरमा निर्वाचित भएका सुब्बाको मृत्यु पछि पार्क निर्माण शुरु भएको थियो । अहिले पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने करिडोर ४ सय ४० मिटर निर्माण भएको छ ।
स्वास्थ्य क्षेत्रमा गिरी समुहको कार्यकालमा उल्लेख्य काम भएको स्थानीयहरु बताउँछन् । वडाकै पहलमै स्थास्थ्य भवन निर्माण भइरहेको छ । कोभिडको समयमा घर घरमा गएर वडावासिहरुको अवस्था बुझ्ने आवश्यक सहयोगका लागी पहल गरेको स्थानीय तेज कुमारी तिम्सिना बताउँछिन् ।
वडा कार्यालयको पहलमा कोरोना पोजिटिभ देखिएको घरमा सेनिटाइज गरिदिने, अक्सिजन सिलिण्डर, राहत सामाग्रीहरु समेत प्रदान गरिएको थियो । निम्न आय भएका अति विपन्न परिवारका १ सय जनाको वडा कार्यलयबाटै स्वास्थ्य विमा समेत गरिएको छ भने २ सय ४० घर परिवारलाई एक वर्ष भरीका लागी रु १ लाख बराबरको स्वास्थ्य बिमा गरिएको छ । त्यस्तै, वडाकै समन्वयमा महिला सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरेको छ ।
वडाले बालबालिका तथा शिक्षाको क्षेत्रमा समेत चर्चा गर्न लायक कामहरु गरेको छ । वडाले बालमैत्री वडा घोषणा हुन पुरा गर्नु पर्ने ४१ वटा सूचाङ्क मध्ये सत प्रतिशत पुरा गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको छ । वडाले आधारभुत विद्यालयलाई प्रत्येक वर्ष खेल तथा शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । त्यस्तै, दलित तथा विपिन्न वर्गका बालबालिकाहरुलाई ५० जनालाई न्यानो कपडा (स्वीटर) समेत वितरण गरेको छ । किशोरीहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड वडाका हरेक विद्यालयहरुमा निःशुल्क वितरण गर्दै आएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि आवश्यक बजेट समेत प्रदान गरेको छ । वडाले उदाहरणीय कामका रुपमा वडामा रहेका अति विपन्न परिवारको पहिचान गरि ७६ साल देखी प्रत्येक महिना रासन समेत वितरण गरेको छ ।
महिलाहरुको क्षमता वृद्धी विकास तथा उनिहरुको आर्थिक उन्नतीका लागी वडाले विभिन्न समयमा तालीम, गोष्ठीहरु सञ्चालन गरेको छ । महिला, लैङ्गिक हिंसा विरुद्ध सशक्तिकरण, उद्यमशील विकास तालिम, महिलालाई साक्षर बनाउन साक्षरता कार्यक्रमहरुको आयोजनाबाट उनिहरुको क्षमता विकासमा विषेश योगदान समेत पु¥याएको छ ।
वडाले आफ्ना टोलहरुमा रहेका ६ वटा चोकहरुमा फ्रि वाईफाईको समेत व्यवस्था गरेको छ । वडामा रहेका विशेष क्षमताका व्यक्तिहरुलाई आवश्यक सामग्रीहरु प्रदान गर्र्दै आएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी वडाले छुट्टै कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

wada 16 ma dhal nirman gardai

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved