युवा पुस्ताका मेयरका उम्मेदवार किशोर राई

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको नेता राई संघर्षशिल, स्पष्टवक्ता, लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु सँग परिचित छन् र मेयरको हैसियतमा समाधनका क्षमता पनि राख्छन् ।

राजनीतिक यात्रा बारे संक्षीप्त चर्चा
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म मोरङको बोराबाधमा आमा लक्ष्मी राई र पिता पृथ्वी बहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते भएको हो । उनले आइए सम्मको अध्ययन गरेका छन् । आमा लक्ष्मी धरानमा छापाखाना व्यवसाय र सामाजिक सेवामा सकृय रहेकीले उनी आमासँग धरानमै बाल्यकाल देखी हुर्किएका हुन् । फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सकृय रहँदा रहँदै २०४७ साल देखी उनको सकृय राजनीतिक जीवन धरानमा नेपाली कांग्रेसलाई शसक्त बनाउने उद्देश्यबाट सुरु भएको हो ।

फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली कांग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति भएका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भए । २०५५ सालमा कांग्रेस धरानको नगर सचिब भएका राई २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भए । उनले २०६२÷०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका थिए । २०६६ साल देखि २०७२ साल सम्म नेपाली कांग्रेस धरानको नगर सभापति रहेका उनि २० वर्ष सम्म धरान नगरपालिका जनप्रतिनिधि विहीन हुँदा सर्वदलिय संयन्त्र मार्फत धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरु निर्णायक पार्टी नेताका रुपमा परिचित छन । राजनीतिक संयन्त्रको प्रमुख हुँदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए ।

सानै उमेरदेखी फुटबलमा रुची राख्ने उनि किशोरवयमा टेक्दा टेक्दै राष्ट्रीय खेलाडी मात्र बनेनन् नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भुमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । उक्त परियोजनाको परिणाम स्वरुप धरान–१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो । किशोर राईको पहलामा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीता प्रारम्भ गरेको हो । नेपालमा सबै भन्दा लामो समयदेखी निरन्तर आयोजना भैरहेको अन्तर्राष्ट्रिय फmुटबल प्रतियोगीताको रुपमा बुढासुब्बा गोल्डकप फुटबल अहिले सम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगीता २३ वर्ष अघिदेखी शुरु भएको हो ।

उनले राष्ट्रिय खेलकुद परिसदका सदस्य धरानमा क्षेत्रीय रंगसालाको निर्माणको लागि भएको संघर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका सस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिंग क्लबका पूर्व अध्यक्ष हुन । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनि ब्राजिलको नारा दिएर उनी युवाहरु माझ लोकप्रिय बने । उनले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुलेका छन् । २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उनले ब्राजिलको भ्रमण गरेका छन् । दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वर्ण जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ बिश्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

धरानको विकासको बारेमा उनी अत्यन्तै उत्साहीत युवा नेताहरु मध्ये एक मानिन्छन्न् । उनको भनाईमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हङकंङगको दाजोमा पु¥याउन सकिने कुरामा कसैको दुइमत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन सबैभन्दा पहिले नेपाली कांग्रेसले गरेको थियो । त्यसमा उनले निर्णायक भूमिका खेलेका थिए । धरान राजधानी नभतापनि पूर्वाधारको विकासमा राजधानी बराबरको बनाउने प्रतिबद्धता उनको छ । धरानको खानेपानी आयोजनाको असफलताको कारण धरानबासीको अघि खुलासा गर्दै आयोजनाको पूर्व घोषित क्षमतामा खानेपानी व्यवस्थाका पूनस्र्थापन गर्ने नेता किशोर राईको प्रतिबद्धता छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved