समाज

    Showing 5,021-5,030 of 6,736 items.
  • तालिममा उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एनसिसीको जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो । गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । तालिममा अवसरमा

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभाको बैठक माघ २३ गते

    मोरङ / प्रदेश १ को बैठक माघको तेस्रो हप्तालाई बोलाइएको छ । प्रदेश १ का सभामुख बाबुराम गौताले प्रदेश १ को बैठक माघ २३ लाई बोलाएका हुन् । यो बैठक निर्वाचन सम्पन्न भएपछि पहिलो अधिवेशनको छैटौं बैठक हो । प्रदेशसभाका सचिव गोपाल पुराजुलीका अनुसार आगामी माघ २३ गतेका लागि वैठक बोलाइएको जानकारी दिए । उनले भने–‘उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक छैटाै बैठकको रुपमा बोलाइएको हो ।’ प्रदेश सरकारको पहिलो कार्यकालले टुंगो लगाउन नसकेको प्रदेशको नामकरणकै विषयमा छलफल हुने सचिव पराजुलीले जननकारी दिए । उनका अनुसार योसँगै बैठकमा प्रदेशसभाका विषयगत समितिको टुंगो लगाउने बारे छलफल हु

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोलाकिनारामा बस्नेलाई नियन्त्रण गर्न कठिन

    धरान / खोलाकिनार अतिक्रमण गरी बसेका सर्वसाधारणलाई धरान उपमहानगरपालिकाले उठाउने क्रम जारी छ । प्रयास जारी रहे पनि पूर्ण नियन्त्रणमा भने उपमहानगरपालिकालाई मुस्किल परेको छ ।धरानका सर्दु, सेउती खोला किनारामा जोखिमको प्रवाह नै नगरी घर टहरा बनाउनेको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले जोखिम न्यूनीकरण गर्न त्यस्ता वस्तीहरु उठाउन थालेको छ । बुधबार पनि उपमहागरपालिकाले धरान ११ सर्दु खोला किनारको सुन्दर वस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको नगरप्रहरीको सहयोगमा वस्तीहरु भत्काएको पाइएको छ । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको टोलीले अनधिकृत ढंगबाट बनाइएका बासको घेराबारा गरी टहरा बन

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कप उपाधिका लागि १५ र १७ नं. वडा भिड्ने

    धरान / धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधिका लागि वडा नं. १५ र १७ भिड्ने पक्कापक्की भएको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा स्थान पक्का गरेको छ । यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ ले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बिहीबार भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पूर्वाद्र्धको समय गोल रहित बराबरीमा सकिएको थियो । उतरार्धमा भने १७ नं. वडाले ३ गोल गरेको थियो । खेलको उत्तरार्धको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आचार्यको आत्मदाहले राज्यलाई लज्जित बनाएको छ

    मोरङ / इलामाका युवा प्रेमप्रसाद आचार्यको मृत्युप्रति धेरैले टिका टिप्पणी गरेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यो घट्नाले राज्यलाई लज्जित बनाएको बताएका छन् । उनले भनेका छन्, ‘देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।’ उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी समेत गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्म

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम नगरपालिकाको १२ औं नगरसभाबाट ३३ ‘विशेष प्रस्ताव’ पारित

    इलाम / इलाम नगरपालिकाको १२ औं नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । १२ औं नगरसभाले विभिन्न क्षेत्रका ‘विशेष प्रस्ताव’ पारित गरेको पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिकाको १२ औं नगरसभाले इलामको कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने, पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ । यस्तै, नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाममध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 740 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको पुरानो सामुदायिक विद्यालय उपेक्षित

    विजयपुर / धरानको पुरानो सामुदायिक विद्यालय भगवती आधारभूत विद्यालय ६९ वर्ष पुगिसक्दा पनि स्तरोन्नति हुन नसकेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।मंगलबार विद्यालयको ६९ औ वार्षिकोत्सव एवम् अभिावक दिवस मनाउने क्रममा बोल्ने शिक्षक तथा अभिभावहरुले यस्तो बताएका हुन् । विद्यालय २०१० सालमै स्थापना भएको भएपनि यो विद्यालयलाई सरकारको आँखा पुग्न नसकेको विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले बताए । उनले भने–‘धरानको सबैभन्दा पुरानो विद्यालय हो, यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यका पहुँच हुने स्थानमा पुगेका छन्, तर पनि यो विद्यालयको अवस्था पहिला जस्तो थियो त्यस्तै छ ।’ विद्यालयको वार

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 815 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • हराएका विद्यार्थी एक दिनपछि भेटिए

    धरान / विद्यालय हिडेका चार बालिका मंगलबार एकाएक हराए । घरबाट विद्यालय जान्छु भनेर हिडेका ती बालिकाहरु साँझसम्म घर नआएपछि विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भनेर निवेदन दिएका थिए ।मंगलबारबाट सम्पर्क बिहीन बनेपछि अभिभावहरुले हराएका बालिकाको खोजी कार्य गरेका थिए । उनीहरुले आफ्ना नजिकका नातेदार, उनीहरुका साथीहरुको घरमा पुगेर खोजी कार्य गरे पनि नभेटिएपछि अन्ततः उनीहरुले इलाकामा खोजीका लागि निवेदन दिन बाध्य भएका थिएमंगलबारबाट हराए पनि प्रहरीमा ढिलागरी बुधबारमात्र अभिभावकले खोजीका लागि निवेदन दिएका थिए । प्रहरीमा खोजी कार्यका लागि निवेदन आएलगत्तै धरानप्रहरीले खोजी कार्य

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात प्रमुखलाई कालो मोसो

    धनकुटा / यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुखलाई बुधबार कालो मोसो दलिएको छ । कार्यालयको कार्यकक्षमै बसेका उनलाई कक्षमै प्रवेश गरी कालो मोसो दलिएको जनाइएको छ ।कार्यालय प्रमुख बाबुराम लुइँटेललाई कालो मोसो दलिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यातायात प्रमुख लुइँटेललाई कालो मोसो दलेको खबर पाउना साथ घटना स्थलमा पुगेको बताए । उनले भने–‘हामीले यातायात कार्यालयका प्रमुख लुइँटेललाई कार्यालय कक्षभित्रै दुव्र्यवहार गरी कालो मोसो दलेको कुरा सूचना प्राप्त भयो, सूचना पाउनासाथ हामी घटना स्थलमा पुगेका थियौँ ।’ उनले कार्यालय

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेशको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

    मोरङ /  नेपाल विजनेश कलेजले आफ्नो सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विरानटगर ११ मा रहेको कलेजले माघ १ गतेदेखि ६ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।प्रतियोगीतामा कलेजले फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १सय मीटर दौड र स्पुन रेस जस्ता खेल समावेश गरेको थियो ।खेलकुदको माध्यमबाट विधार्थीहरुलाई अनुशासित बनाउदै स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्ने उद्देश्यले कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । सप्ताह व्यापी खेलकुद कार्यक्रममा कलेजका वि.वि.ए., वि.आई.टी र एम. वि.ए. अध्ययनरत विधार्थीहरुले सहभागिता जनाएका थि

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved