धरान/ यस बर्षको तिहारमा नेपाली फूलले बजार पिटेको छ । भारतीय फूल तथा माला धरानमा कही कतै देखिएन । आइतबार बेलुका लक्ष्मी पूजालाई लक्षित गरी कृषक तथा व्यापारीले स्थानीय उत्पादन भएको फूल धरानमा फूल विक्रीका लागि ल्याएका छन् । भारतीय फूललाई स्थानीय फूलले विस्थापित गरे पनि बजारमा स्थानीय फूलले मूल्य भने लिएन । जसले गर्दा कृषक तथा व्यापारीले घाटा सहेर विक्री गर्नुपर्ने बाध्यता देखियो । धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार तथा धरानको मुख्य बजार भानुचौक, पालिका तरकारी बजार, नयाँ बजारको सब्जी बजारमा नेपालमै उत्पादन भएको फूल प्रसस्त विक्री आएका थिए । भारतीय फूल नआएको अवस्था
धरान/ नेकपा एमाले धरान १४ नम्बर वडा कमिटीले तिहार छठ लगाएतका पर्वहरुको अवसर पारेर शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले कि केन्द्रिय सदस्य मन्जु भन्डारिले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका साँस्कृतिक पर्बहरु रास्टिय चाड भएको बताइन् । नेकपा एमाले नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न लागि परेको बताइन । उनले अब एमालेका हरेक नेता कार्यकर्ता आर्थिक ,सामाजिक तथा संास्कृतिक पक्षलाई बलियो बनाउन लागिपर्नु पर्ने बताइन । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टं
धरान/ बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् । सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन । तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ । नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्त
धरान/ स्वास्थलाई मध्यनजर गरी धरान उपमहानगरपालिका ६ नं. वडा समितिले आफ्ना वडामा रहेका वडाबासीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मर्म बोकेर वडाले वडाबासीहरुहरुलाई स्वास्थ्यको पहुच पुगोस् भन्ने हेतुले वडाकै बजेटबाट स्वास्थ्य विमा गरिदिएको हो । पहिलो चरणमा वडाले गरिब तथा विपन्न परिवारको छनोट गरेर १ सय जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडामा रहेका गरिब तथा असहायलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्ले वडाकै बजेटमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य विमा गरिदिएको वडाले जनाएको छ । वडाले निःशुल्क स्वास्थ्य विमा गरिदिएकोमा आर्थिक
इलाम/ रोङ गाउपालिकाभित्र पर्यटक तान्ने अनेकन स्थलहरुमध्ये किरात पार्क पनि थपिएको छ । थुप्रै प्राकृतिक, धार्मिक, पुरातात्विक महत्वको स्थानहरुको खोजी र प्रवद्र्धन गरिदै आएको रोङ गाउपालिका वडा न ५ को चिसापानी डाँडामा बनेको किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेको छ । गाउँ भरिनै राई समुदायको वसोवास रहेको चिसापानी र आसपासका मानिसहरु सबैजना आफ्नै भाषा बोल्ने, सस्कृति चालचलन संस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुको भाषा धर्म सस्कृति परम्परा जान्न चाहनेहरुको लागि भिन्नै स्थानको रुपमा रहेको चिसापानि डाँडामा वृहद किरात सास्कृतिक पार्कको कल्पना गरि निर्माण थालिएको रोङ ५ का वडाध्यक्ष दल बहा
धरान/ धरान स्थित भानुचोक बसपार्कमा काम गर्ने श्रमिकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्ट्यान्ड श्रमिक इकाईको दसौं अधिवेशनले बलबहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धनबहादुर अधिकारी, सचिवमा जीवन ठटाल, सहसचिवमा शम्भु अधिकारी र कोषाध्यक्षमा गणेश काफ्ले चयन भएकाछन् । त्यस्तै सदस्यहरूमा डम्बर मग्राती, टेकबहादुर तोलाङ्गी, तिलक ठटाल, धनबहादुर मग्राती, खड्ग रोका र लिला तोलाङ्गी रहेकाछन् । अधिवेशनमा संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, प्रदेश कमिटी अध्यक्ष
विराटनगर/ स्थानीय उत्पादन सयपत्री फुलको बजारीकरणलाई प्रोत्साहन गर्न सरकारले नै भारतीय फुलको व्यापार निस्तेज गर्न खोजिरहेको छ तर देशका सिमानाकाका शहरहरुमा भने भारतीय फुलको व्यापार फस्टाउँदै गएको छ । तिहार नजिकिँदै जाँदा नेपाली बजार भारतीय फूलले ढाकेको छ । यस वर्षका लागि नेपालमै उत्पादित सयपत्री फुलले बजार धान्ने भएकाले भारतीय फुल आयातमा रोक लगाए पनि विराटनगरमा भारतीय फुलको व्यापार फस्टाउँदै गएको छ । भारतीय सयपत्री फूलको व्यापार ९० प्रतिशत भइरहेको छ । भन्सार छलि गरेर ल्याइएका भारतीय फुलले विराटनगरको बजार ढाकेको छ । नेपाली फूलको उत्पादनको प्रबद्र्धन गर्ने उदेश्यले विदेसी फूल आयातमा प्रतिब
विराटनगर/ कोशी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै हुँदा मुख्यमन्त्री केदार कार्कीलाई सकस परेको छ । आफ्नै गुट र गठबन्धनका सांसदको व्यवस्थापनमा चुनौती थपिएको उनीनिकट नेता बताउँछन् । अहिले १० जनाभन्दा बढी सांसद मन्त्रीका दौडमा छन् । उनीहरूले केन्द्रीय नेता लगाएर मुख्यमन्त्रीलाई ताकेता समेत गराइरहेका छन् । एमालेसँगको सहमति विपरीत माओवादी र नेकपा एसलाई भित्र्याएपछि एमाले भने सरकारबाट बाहिरिसकेको छ । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट विद्रोह गरेर काँध थापेका ७ जनामध्ये शमसेर राईमात्र मन्त्री छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालस
धरान/ गायक, संगीतकार, लेखक र मोडल समेत रहेका कन्चन थलङ र चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा उदाईरहेकी धराने नायिका रेखा लिम्बुद्धारा अभिनित म्युजिक भिडियो ‘चिसो चिसो छ मौसम’ बोलको भाग २ म्युजिक भिडियो सार्वजनिक भएको छ । भाग १ सार्वजनिक भएको करिब ४ बर्षपछि पुनः ‘चिसो चिसो मौसम’ भाग २ कै रुपमा म्युजिक भिडियो सार्वजनिक गरी बजारमा ल्याइएको हो । चार बर्ष अघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा रहेको चिसो चिसो मौसम बोलको गीत सार्वजनिक भएसंगै सोही भर्सनको ‘यो मौसम बैमानी’ बोलको नयाँ गीत संगै म्युजिक भिडियो सार्बजनिक गरिएको हो । निर्देशक सान थापाको निर्दे
धरान/ समाजमा चोरी, झै–झगडा, साना घरेलु हतियारको प्रयोग, लैंगिक तथा जातीय हिंसा यौन दुव्र्यवहार लगायत समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न टोल टोलमा सुरक्षा समिती गठनको अभियानलाई तिब्रता दिएको छ । युवा पुस्ता लागूपदार्थ दुव्र्यसन जस्ता कुलतमा फस्दै गईरहेको अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गतको स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा लागू पदार्थ दुव्र्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनिकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्नका लागि टोलमा सुरक्षा समिति गठनको अभियानलाई तिव्रता दिएको हो । गाउँ र नगर, टोल–टोलमा प्रहरी भन्ने नाराका साथ समुदाय प्