समाज

    Showing 2,081-2,090 of 5,415 items.
  • विजयपुर अध्यात्मीक मञ्चद्वारा सामुहिक व्रतबन्ध

    धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गरी केही बर्ष अगाडिदेखि यस्ता संस्कार सर्वसुलभ ढंगबाट सबैको पहुँच पुग्ने गरी विजयपुर अध्यात्मीक मञ्च सुनसरीले यस बर्ष पनि सामुहिक ब्रतबन्धको कार्यक्रम सम्पन्न गरेको छ । धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर परिषरमा मञ्चले यसरी सामुहिक सामाजिक संस्कार गरेको हो । कार्यक्रमकी संयोजक निर्मला नेपालका अनुसार निम्न आय भएका सबै जातजाति, धर्ममा आस्था राख्ने र ब्रतबन्ध गर्न चाहने हरुको सामुहिक व्रतबन्ध गरिएको हो । २०४८ साददेखि नै शुरु गरिएको सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको छ । पूर्वाञ्चलका धेरै जिल्लाबाट कार्यक्रममा सहभागी हुने गरेका छन ।

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् । बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारी

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कुम्भ स्नान पछि पिण्डेश्वर दर्शन गरे मात्रै पुण्य मिल्ने’

    धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ मेलाले यस वर्ष देखि धरानको पिण्डेश्वर मन्दिरको दर्शनलाई जोडेर पिण्डेश्वर पुर्ण कुम्भ मेलाको तयारी तिब्र पारिएको छ ।  बराहक्षेत्र नगरपालिकाको चतराधाममा आगामी चैत्र २७ गतेदेखि वैसाख २८ गतेसम्म हुन गइरहेको महाकुम्भमा कौशिकी नदीमा स्थान गरि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गरे पछि कुम्भ मेलाको सार्थकता पाउने गरि प्रचार प्रसारलाई पनि तिब्र पारिएको छ ।  १२ बर्षमा लाग्ने महाकुम्भ मेलालाई हिन्दु धर्मालम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिने गरिएको छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित

    धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए ।  विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए । तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए । 

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राश्ट्रिय विभुति महागुरु फल्गुनन्दको समाधि स्थल अतिक्रमणको बिरोध

    पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक भएको उनका अनुयायीहरुको एक समुहले जनाएको छ । किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना सह्य नहुने पनि सरोकारवालाहरुको चेतावनी छ । संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समुहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ । समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुन विपरित भएकोले त्यसलाई

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा

    विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गरेका हुन् । कोशी प्रदेशमा उत्पादन भएका कृषिउपजको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ता बिचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकाले कोशी प्रदेशमा पहिलो पटक सुरुवात् गरिएको मन्त्रालयले जनाएको छ । उत्पादित उपजको बजारमूल्य बारेमा जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्नेछ । फ

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल

    विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् । उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए । आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ ।’ नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 286 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढुङ्गाले किचेर १ जनाको मृत्यु

    ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार   हिजो (सोमबार) दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर कोरिडोरले बदल्दै दैनिकी

    धनकुटा/ निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् । तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् । विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा न

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हाेलीकाे उमङ्ग तस्बिरमा हेर्नुस्

    धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा

    • प्रकाशित मितिः चैत १२, २०८०
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved