दुहबीमा अफ्रिकन स्वाइन फ्लु,उच्च सर्तकता

  • फागुन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए ।

बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बताए । दुहबी नगरपालिकाले फार्महरुको अनुगमनलाई कडा बनाएको छ ।

नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ । दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको ९ र १० नम्बर वडाका वंगुर फार्महरुमा २५ वटा बंगुर मरेका थिए ।

“दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बंगुरको मृत्यु भइसकेको छ।

अझै धेरै बंगुर बिरामी देखिएका छन्, जसले रोग थप फैलिने सम्भावना प्रबल बनाएको छ,” शाखा अधिकारीले जानकारी दिए ।
अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक र घातक रोग हो, जसको मृत्यु दर ९० प्रतिशत भन्दा बढिसम्म पुग्न सक्छ ।

यो रोग सिधै बंगुरबाट बंगुरमा मात्र नभई किर्ना, सङ्क्रमित भाँडाकुँडा, दूषित दानापानी, कपडा र संक्रमित सुईहरूबाट पनि फैलिने गर्छ ।एक हप्ता अघि सुनसरीकै कोसी गाउँपालिकामा वर्डफ्लु पुष्टि भएको थियो ।

उच्च सर्तकता अपनाएर हाँस र कुखुरा नष्ट गरिएको थियो । गर्मी बढेसँगै भारतसँग सिमा जोडिएको सुनसरीका विभिन्न पालिकामा पशुपंक्षीमा लाग्ने संक्रमाक रोगहरु देखिन थालेको छ । यसले सुरक्षा जोखिमसँगै व्यवसायीक जोखिम पनि बढाएको छ ।

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved