वराहक्षेत्र मेयर लिग कप : पहिलो खेल बराबरी,दोस्रो खेलमा वडा नं ३ को जित

  • फागुन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताू अन्तर्गत बिहीबार सम्पन्न खेलमा वडा नं ७ र वडा नं ९ को खेल बराबरीमा टुंगिएको छ। निर्धारित र अतिरिक्त समयसम्म एक-एक गोलमा रोकिएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्।

यस बराबरीसँगै दुई खेल खेलेको वडा नं ७ ले १ अंक मात्र जोड्न सकेको छ भने वडा नं ९ ले १ जित र १ बराबरी गर्दै ४ अंक पुर्‍याएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ७ का सोहन बस्नेत म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे।

त्यस्तै, बिहीबारकै दोस्रो खेलमा वडा नं ३ ले वडा नं ८ लाई ३(० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। पहिलो संस्करणको विजेता वडा नं ३ का अनिसहाङ लिम्बुले २ गोल गर्दै टोलीको जितमा मुख्य भूमिका खेले। उनी म्यान अफ द म्याच घोषित भए र नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगिता लिग फर्म्याटमा जारी रहेको छ। शुक्रबारको खेल अन्तर्गत पहिलो खेल वडा नं १ र वडा नं १० तथा दोस्रो खेल वडा नं ५ र वडा नं ६ बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं ७, देबिघाटस्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदान मा प्रतियोगिता भइरहेको छ। खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारासहित प्रतियोगिता सञ्चालन गरिएको छ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved