चाँदनीको शव फेला प्रकरण प्रेम सम्बन्धका कारण हत्या

  • फागुन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरमा खाल्डोभित्र शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्याको मुख्य कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो ।

चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको यकिन भएको छ ।

विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर मारेपछि राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।उनका अनुसार खाडोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव १८ गते उत्खनन गरिएको हो ।

शवलाई कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अघि बढायो ।जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीका हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको अनुसन्धानबाट पत्ता लागेको बताए ।

उनका अनुसार आमा र मामाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता गरिएको छ ।

चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी)५४ वर्षीया बतासी मण्डल, माइजू जानकी, र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव घटनाका मतियार हुन् ।प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लाग्यो । हत्यामा प्रत्यक्ष आमा र मामा संलग्न रहेको पराजुली बताउँछन् ।

अरूले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको उनको भनाइ छ । ‘कसुर अनुसारको मुद्दा दर्ता गरिएको छ,’ उनी भन्छन्, ‘पोस्टमार्टम रिपोर्ट’बाट पनि घाँटीमा दबाब परेर मृत्यु भएको पत्ता लाग्यो ।

’अभियुक्तको बयान अदालतले बिहीबारबाट लिन सुरू गर्नेछ । बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ ।

बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतले दिने छ । कसुर ठहर भएमा मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।चाँदनीको हत्या मामाघरकै एउटा कोठभित्र भएको प्रहरीले पत्ता लागेको प्रहरीले जनाएको छ ।

शव व्यवस्थापन गरेपछि त्यो कोठालाई खाली छाडिएको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धानबाट भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेरका भारतीय बालकसँग प्रेम सम्बन्ध थियो । केही समयअघि भागेर बिहेसमेत गरेका थिए । छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए ।विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए ।

आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन् । छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको पत्ता लागेको जिल्ला न्यायाधिवक्ता पराजुलीले बताए ।

प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको उनको भनाइ छ ।

उनका मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरूकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुलेको छ ।‘छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो ।

सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन् । मावलीबाटसमेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ । त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो,’ पराजुलीले भने ।

अनसन्धानबाट हत्यामा चाँदनीका बाबु लालमनकोसमेत सहमति देखिन्छ । उनले ससुरालीमा छाडेकी पत्नी घर पुगिन् । तर, छोरी फर्किनन् । चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा गाइँगुइँ चल्न थाल्यो ।

त्यो सूचना प्रहरीसम्म पुग्यो ।प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा केही दिनअघि खनिएको ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो ।सुरूमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए ।

प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए ।कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदै प्रहरीले खोजतलास गर्दा शव भेटियो । प्रहरीका अनुसार लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved