धरान/ सुनसरीको धरान उपमहानगर भित्र रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा धरानका १८ वटा स्कुललाई पछि पार्दै धरान ६ मा रहेका एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । प्रथम भएसँगै अव यही जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको छ । भखरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए भने उनीहरुले १ सय १५ अंक प्राप्त गरी विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए । यस अघि पनि गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्र
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको एैतियासिक तथा पौराणिक महत्व बोकेको औलिया मठ र वराहक्षेत्र मन्दिरमा ४ करोडको लागतमा भौतिक संरचना तयार हुने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार संघिय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा विनियोजित रकमबाट औलिया मठमा प्रवेशद्बार , मण्डब , टायल्स छपाइ , शौचालयको काम हुनेछ । वराहक्षेत्रमा टायल्स छपाइ, प्रवेशद्बार र ड्रेन निर्माणको काम हुनेछ । उक्त योजना नगरपालिकाले तयार गरेको डिपिआर अनुसार बिभागको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ४ करोड रुपैयाँबाट पूर्वाधार न
विराटनगर/ विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिहीबार नै ज्ञापनपत्रका लागि समय लिएको भए पनि वडाध्यक्ष कामत कार्यालयमा उपस्थित नभएको भन्दै सभापति यादवले आपत्ति जनाए । कामतले फोन गरेर कार्यालयभन्दा बाहिर रहेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेको सभापति यादवको भनाइ थियो । अन्य दल र संघसंस्थाका प्रतिनिधि
धरान/ राष्ट्रिय किसान आयोगले किसानको हक, हित र अधिकार सुनिश्चताको लागि जनप्रतिनिधि, किसानका विभिन्न संघ संगठन लगायत सरकारावालासँग बहस कार्यक्रम चलाएको छ । इटहरी २० तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा आयोजित कार्यक्रमकौ उद्घाटन संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् । किसान, कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमालले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट्याएकी थिइन् । उनले कोशी प्रदेशभित्र रहेका कृषकको समस्या, यसको स
धरान/ धरानबाट कुटपीट गरि हत्या गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान वडा नम्बर –१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ । सोही उपमहानगरपालिका–१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल ब
विराटनगर/ विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय हुँदा पक्षमा मत राखेर कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली स
विराटनगर/ खाद्य स्वच्छतामा लगानी वढाऔं, अप्रत्यासीत अवस्थाको पूर्वतयारी गरौ भन्ने ध्येयका साथ खाद्य उद्योगी व्यवसायीहरुको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का सम्वन्धमा अन्तरक्रीया कार्यक्रम भएको छ । उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको संयूक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले मानव स्वास्थ्य तथा सुरक्षासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्नु महत्वपूर्ण पक्ष्ँ भएको वताए । उनले वस्तु उत्पादनको क्रममा व्यवसायीले खाद्य स्वच्छता व्यवस्थापन प्रणाली अन्तर्गत असल उत्पादन अभ्यास, स
कालाबञ्जर/ वराहक्षेत्र नगरपालिकाले शुक्रवार कालाबञ्जर बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले कालाबञ्जर बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । बिशेषगरि किराना पसल , होटल , मासु पसल , भेटनरी पसलमा म्याद नाघेको सामाग्री फेला परेको पसल, सरसफाई , मुल्य, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलमा अनुगम
धरान/ धरान–१६ को नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले बिहिबार साकेला नृत्य भब्य रुपमा सम्पन्न गरेको छ। स्कुलको प्राङ्गणमा एक बिशेष कार्यक्रम सहित स्कुलले साकेला नृत्यको आयोजना गरेको हो।स्कुलका शिक्षक, शिक्षिका, बिद्यार्थी र अभिभावक सहित सम्युक्त रुपमा ढोल झ्याम्टा बजाउदै साकेला नाचेको स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु दिए। बिद्यालयमा अध्ययन गर्ने बालबच्चालाई समाजका हरेक धर्म, संस्कार, संस्कृती र रीतिरिवाजको बारेमा प्रयोगात्मक तरिकाले परिचित गराउने उद्येश्यले स्कुलमा साकेला नृत्यको आयोजना गरिएको प्रोग्राम इन्चार्ज निरकुमार राईले जानकारी दिए। बहु&ndash
विराटनगर/ कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/ ०८२ को नीति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको छ । विहीबार प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई बिहीबारको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले यही जेठ २१ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममाथिको छलफलमा यही जेठ २२ गते १६ प्रदेशसभा