धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

  • वैशाख १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो।

सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो।

गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

हाल बरामद गरिएको गाँजा र स्कार्पियो गाडीलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। फरार चालकको पहिचान र पक्राउका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved