धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

  • वैशाख १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो।

सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो।

गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

हाल बरामद गरिएको गाँजा र स्कार्पियो गाडीलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। फरार चालकको पहिचान र पक्राउका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved