समाज

    Showing 141-150 of 5,339 items.
  • सुनसरीमा खोलाबाट ११ सय किलो गाँजा बरामद

    सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरबाट ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी घुस्कीमा जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र विभिन्न सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टको कमाण्डमा ७ जना, प्रहरी चौकी घुस्कीका प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा ४ जना, बसन्तपुरबाट ३ जना र जिल्ला प्रहरी कार्यालयबाट थप ६ जना प्रहरी खटाइएको थियो। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका सशस्त्र प्रहरी निरी

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरो डान्समा धरानकी इचिङ्ग्सा टप ३२ मा छनौट

    धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 982 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लोकतान्त्रिक याक्थुङ (लिम्बु)संघको प्रथम राष्ट्रिय महाधिवेशन हुने

    धरान । सुनसरीको धरानमा नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ। संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आगामी जेठ २३ र २४ गते धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजना गरिने जानकारी दिएको हो।नेपाली कांग्रेसको मूल सिद्धान्त“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको हो। पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले हालसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 183 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विदेश होइन, खेतबारीमै सम्भावना देख्ने विवेकः उखुखेतीबाटै लाखौँ आम्दानी

    सुनसरी/ देशका युवाहरू वैदेशिक रोजगारीको दौडमा हुँदा सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बनेका छन्। उनले उखुखेतीलाई रोजगारीको भरपर्दो आधार बनाउँदै लाखौँ आम्दानी गरिरहेका छन्। तीन वर्षअघि रु २ लाख ५० हजारको लगानीबाट सुरु गरिएको अढाई बिघाको उखुखेती अहिले महतोलाई वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी दिइरहेको छ। विदेश जाने सोच कहिल्यै मनमा नआएको बताउने महतो भन्छन्, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने मनै पलाएन।” उनले जलवायु परिवर्तनले उखुखेतीमा केही चुनौती थपेको अनुभव सुनाउँछन्। अत्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 221 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई ‘खोकीको औषधि’ भन्दै विष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ

    झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नी श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउन खोजेका थिए। विष सेवन गराएर ज्यान लिन खोजिएको रेनुको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले भने, "यसअघि पनि श्रीमानले उनलाई आगो लगाएर मार्न खोजेको

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलेसियाको कमाइ छोडेर कृषिमा सफलता: ‘लिङ्देन फार्म’ को कथा

    झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ’, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने, ‘अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ । ’देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन् । तर यहाँसम्म आइपुग्न उनले गरेको संघर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए ।विगत सम्झना गर्दै उनी भन्छन्, ‘मलेसिया जाँदा स

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बक्सिङको रिङ जत्तिकै स्पष्ट हिसाब: ‘धरान फाइट नाइट’ को आर्थिक विवरण सार्वजनिक

    धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. ११,३२,४७० आम्दानी र रु. १३,३१,७२५ खर्च भएको आयोजकले जनाएको छ। कार्यक्रम घाटामा गए पनि खेलकुद र सामाजिक क्षेत्रको दीर्घकालीन फाइदालाई मध्यनजर गर्दै भविष्यमा निरन्तरता दिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष दिपक राईले जानकारी दिए। खेलकुदको शहर धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एण्ड एमेचर ‘धरान फाइट नाइट–२०२५’( वैशाख १२ गते  शुक्रबार) भव्यतापूर्वक सम्पन्न भएको थियो। धरान बक्सिङ संस्थाको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय गराउँदै सामाजिक उतरदायित्व निर्वाह गराउने लक्ष्य लिएको छ।ध

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिरासत कक्ष लागुऔषध कारोबारीले भरिए, एकै दिन ४३ जना पक्राउ

    सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन्, जसमा ३५ जना लागुऔषध मुद्दाका छन्। प्रहरीको सक्रियता बढेसँगै लागुऔषध कारोबारीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो। काँकरभिट्टा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (प्रनाउ) राजन लामा हुनुहुन्छ। यो कार्यालय इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्दछ। यसैगरी इलाका प्रहरी कार्यालय दमकमा एक महिलासहित २३ जना थुनुवा छन्, जसमध्ये १४ जना लागुऔषधसम्बन्धी मुद्दाका रहेको जनाइएको छ। कार्यालयको नेतृत्व प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमार्फत पक्की सिँचाइ कुलो, दशौं वर्षको समस्या समाधान

    भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भोजपुर नगरपालिका–६ भङ्गेरीवासी अब समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएका छन्। स्थानीयवासीको श्रमदान, वडाको पहल र सरकारहरूको साझेदारीमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै, अब खेतीपातीमा सहजता आएको छ। ओडारे–भण्डारे सिँचाइ कुलो रु ५३ लाखको लागतमा निर्माण भएको हो। केन्द्र, प्रदेश, स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा प्राप्त बजेट र स्थानीयको श्रमदानबाट ९२३ मिटर लामो पक्की कुलो निर्माण गरिएको वडा अध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए। “यहाँका किसानलाई कुलो नहुँदा निकै सास्ती थियो,” उनले भने, “हामीले प

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात बन्दले जनजीवन प्रभावित, सरकार र व्यवसायीबीच वार्ता सुरु

    काठमाडौं/ ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि जनजीवन प्रभावित बनेको छ। विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरूलाई यात्रा गर्न कठिन भएको छ। यातायात बन्दसँगै राजधानीका मुख्य सडकहरूमा सार्वजनिक सवारी नदेखिँदा सर्वसाधारण पैदलै गन्तव्यतर्फ हिँड्न बाध्य भएका छन्। वैकल्पिक सवारीको अभावमा थप समस्या उत्पन्न भएको छ। यातायात व्यवसायीहरूले सरकार र ट्राफिक प्रशासनबाट आफूहरूमाथि दमन र ज्यादती भइरहेको आरोप लगाउँदै आन्दोलन स

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 163 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved