धरान उपमहानगरपालिकामा केही दिनयता चर्किएको ‘भुक्तानी–विवाद’ तत्काललाई साम्य भएको छ । श्रमदानबाट निर्माण सम्पन्न भनिएको धरान–१६ को बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यमा भएको खर्च नगरपालिका कोषबाट निकाल्न डोर हाजिरी गरेको विषय सार्वजनिक भएपछि ठुलै विवाद भएको थियो । श्रमदानबाट निर्माण सम्पन्न भइसकेको कार्यका लागि नगर कोषबाट भुक्तानी दिन नगर प्रमुख हर्कराज (साम्पाङ) राईले दवाब दिएपछि उपप्रमुख अइन्द्रविक्रम बेघाले भुक्तानी प्रक्रियामा सहभागी हुन अस्वीकार गरेका थिए । ऐनअन्सार नगरपालिकाअन्तर्गत सम्पन्न कार्यको अनुगमन उपप्रमुखले गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि
धरान/ सामाजिक सञ्जाल TikTok मार्फत धर्म विशेषप्रति अपमानजनक भाषा प्रयोग गर्दै धार्मिक विद्वेष फैलाउने प्रयासमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको कोशी गाउँपालिका–३, नहरचौकका २२ वर्षीय साहिल अंसारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अंसारीले धर्म विशेषलाई लक्षित गर्दै अश्लील तथा उत्तेजनात्मक शब्द प्रयोग गरी समाजमा धार्मिक हिंसा भड्काउने आशंकाको भिडियो तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ‘विद्युतीय अपराध’ शीर्षकमा मुद्दा दर्ता गरी सुनसरी जिल्ला
धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमसहित मनाइँदैछ। धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिक अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ। गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालयदेखि मठमन्दिरसम्म गुरु–शिष्य परम्पराको महत्त्व उजागर गरिँदैछ। गुरुपूर्णिमा हिन्दू परम्परामा ज्ञान, संस्कार र
धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको औसत परिणाममा केही सुधार देखाए पनि धरान क्षेत्रका अधिकांश सरकारी स्कुलहरूको अवस्था भने चिन्ताजनक देखिएको छ। यसैबीच, धरानको पब्लिक हाईस्कुल भने जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। ८४,९२५ विद्यार्थी उत्तीर्ण, १७ जना ३,६ जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल — यसले धरानका अन्य सामुदायिक विद्यालयको तुलनामा पब्लिक हाईस्कुल किन अग्रस्थानमा रहन सफल भयो भन्ने प्रश्न उठाउँछ। प्रधानाध्यापक डा.इन्द्र मोहन झाले भने,, “यो लज्जास्पद अवस्था भन्न मिल्दैन, तर समग्र सामुदायिक स्कुलले आत्मसमीक्षा गर्नु पर्ने अवस्था पक्कै हो।” उन
सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्यान जाने गरेको छ । दुर्घटनामा परेर अङ्गभङ्ग हुने र अर्काको सहारामा जीवन बिताउनुपर्ने अवस्थामा पुग्ने नागरिकहरूको सङ्ख्या अझ बढी छ । त्यसकारण सडक सुरक्षा अहिले जटिल चुनौतीको रूपमा देखा परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । गृह मन्त्रालयले जनाएअनुसार २०८० सालको पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाले ज्यान गुमाएका थिए । भन
धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शनिबार झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आउँदै छन्। दुई दिने पूर्वी दौडानमा उनले अस्पताल उद्घाटनदेखि खानेपानी आयोजना र सडक शिलान्याससम्मका कार्यहरूमा सहभागिता जनाउने कार्यक्रम छ। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आइतबार र सोमबार (असार २९ र ३०) इलाम र झापाका विभिन्न स्थानमा पुग्ने छन्। आइतबार बिहान बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पतालको उद्घाटनपछि उनी इलामको माई नगरपालिकातर्फ जानेछन्। माई नगरपालिकामा ओलीले नगर अस्पताल उद्घाटन गर्नुका साथै जग्गा धनीपूर्जा वितरण तथा ख
झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति सामूहिक कुटपिटको घटनामा परी एक २२ वर्षीया युवतीले ज्यान गुमाएकी छन्। मृतक अर्जुनधारा–४ भाङवारीकी गङ्गा राई हुन्, जो शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्। घटनाको जड श्रीमान–श्रीमतीबीचको विवादबाट सुरु भएको हो। गङ्गा राईको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि, रमेशकी श्रीमती सुस्मिता भुसालले रिसको झोकमा साथीहरू बोलाएर सामूहिक आक्रमण गराएकी थिइन्। सुस्मितासँगै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासले गङ्गामाथि कुटपिट
झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा लागुऔषध ओसारपसारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्। पक्राउ परेका व्यक्तिहरूमा भारतको किसनगञ्ज निवासी ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँ छन्। मंगलबार साँझ करिब ५ः२० बजे हुलाकी लोकमार्गस्थित एक चिया पसल नजिक जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाउनु परेको थिय
धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।अध्यक्षको लागि दुई वटा प्यानल मध्ये मंगलबार शिवराज श्रेष्ठको प्यानलले चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ । धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल
धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी मंगलबार विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै शैक्षिक नीति, अनुशासन, पठन–पाठन शैली र भविष्यको लक्ष्यबारे जानकारी गरायो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राईले “हामी सीमित संख्यामा विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्छौं,” भन्दै सुनाखरी एकेडेमीको शिक्षण दर्शन प्रस्तुत गरे। प्लस टु कोअर्डिनेटर टप कुमार राईले विद्यार्थीकेन्द्रित शिक