समाज

    Showing 1,341-1,350 of 6,823 items.
  • जनप्रतिनिधि र कर्मचारी पूरक हौँ तर प्रतिस्पर्धी होइनौँ

     -कुमार थापा वर्तमान शासन व्यवस्थामा जनप्रतिनिधि र कर्मचारी दुई पाटे सन्तुलन हुन-एकअर्काको अनुपूरक,एउटाले अर्कोलाई अवहेलना गर्न थालेमा तन्त्रको मर्म डगमगाउँछ, समृद्धिको सपना ध्वस्त हुन्छ। त्यसकारण राष्ट्रसेवक कर्मचारीहरूप्रति मेरो उच्च सम्मान  छ, तर त्यो सम्मान अन्धो छैन । न त म सबैलाई एउटै तुलोमा जोख्ने गल्ती  गर्छु। किनभने यो सत्य हो-धेरै कर्मचारीहरू इमानदार, कर्मनिष्ठ र सेवा भावले प्रेरित छन्। तर यसैबीच यस्ता पनि छन्, जसले पदको सदुपयोग होइन, भयङ्कर दुरुपयोग गरिरहेका छन् । जनप्रतिनिधिको सुझाव होइन, अपमान खोज्छन्; आफ्नो कर्तव्य होइन, दादागिरी देखाउँछन्। ती ‘सेवक’

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित

    रंगेली/  मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS)  अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो। “स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा,रेल्वे पुलको काम भनेअझै सुरु भएन

    सुनसरी/मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ । उनका अनुसार धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भए

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, २,३४० मत खस्यो

    धरान/सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा कुल २,३४० मत खसेको छ। बिहान ८ बजे सुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। धरान–१ स्थित संघको कार्यालय परिसरमा भएको निर्वाचनमा व्यवसायी, उद्योगी, राजनीतिक प्रतिनिधि र संघसंस्थाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार खसेको मतको विवरण यस्तो छः • वाणिज्य तर्फ: १,३९९ • उद्योग तर्फ: ७८७ • एशोसिएट तर्फ: १३३ • वस्तुगत तर्फ: २१ • जम्मा खसेको मत: २,३३९ संघमा जम्मा २,९०७ जना मतदाता दर्ता भएका थिए। आजको मतदानमा झण्डै ८० प्र

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल श्रावण १५ गते देखि

    धरान/डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।  प्रतियोगीता यहि श्रावण १५ गते देखि १९ गते सम्म हुने सोमवार डिपो स्कुलको हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।    प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 906 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन जारी, गोपाल र शिवराजको प्यानलबीच प्रतिस्पर्धा

    धरान/ सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज बिहानदेखि धरान–१ स्थित संघको कार्यालय परिसरमा मतदान प्रक्रिया सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको छ भने विभिन्न राजनीतिक दलका नेता, सांसद तथा उद्योगी–व्यवसायीहरूको उपस्थिति पनि उल्लेखनीय रहेको छ। संघको अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। निर्वाचन प्रमुख डा. राजेन्द्र शर्माका अनुसार कुल २,९०७ जना मतदाता छन्, जसमा वाणिज्य तर्फ १,७८४, उद्योग तर्फ ९६२, एशोसिएट तर्फ १४० र वस्तुगत तर्फ २१ जना रहेका छन्।यो समा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ/मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको हो। आइतबार बिहान घरनजिकैको खेतमा पानी सिँचाइ गर्न गएकी अमिनामाथि जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हात्तीको आक्रमणपछि स्थानीयवासी त्रसित भएका छन् भने वन्यजन्तुको नियन्त्रण र सुरक्षाको माग पनि उठ्न थालेको छ।     &nbs

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ६ का सर्वसाधारणलाई स्थानीय सरकारको महसुस

    धरान/  संविधानमै सर्वसाधरणको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवस्था गरे पनि सर्वसाधारणले सहज रुपमा उपचार गराउनबाट बञ्चित भइरहेको अवस्थामा केही स्वास्थ्य सम्बन्धी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरेर लक्षित वर्गको निःशुल्क स्वास्थ्य सेवासँगै औषधि समेत वितरण गर्दै आइरहेको छ । कोशी प्रदेशभरि विभिन्न स्थानमा त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर निःशुल्क सवास्थ्य शिविरसँगै औषधि वितरण गर्दै आएको एचडिसीले पछिल्लो समय धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयसँग समन्वय गरेर इन्द्रप्रष्ट जेष्ठ नागरिक समाजसँग समन्वय गरेर त्यहाँका सर्वसाधारणलाई मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मु

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान

    धरान/ सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नाममा सुविधा सम्पन्न कार्यालय भवन भएपनि ट्रायल सेन्टर भने लिजमा लिनुपर्दा सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन चाहने सेवाग्राहीहरूले लिखित परीक्षा त इटहरीमै दिन सक्ने अवस्था छ, तर ट्रायलका लागि उनीहरूलाई मोरङ्ग जिल्लाको सुन्दरहरैचा पुग्नुपर्ने बाध्यता छ । इटहरी उपमहानगरपालिका–१० मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा हाल कार्यालय सञ्चालन भए पनि ट्रायलको लागि आवश्यक भौतिक संरचना—जग्गा तथा पूर्वाधार नहुनु प्रमुख समस्या बनेको छ । कार्यालय इटहरीको आफ्नै भवनमा स्थानान्तरण भएको केही

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सालीको गोली हानी हत्या, भिनाजु फरार

    धरान/ सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि ग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 1,833 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved