सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, २,३४० मत खस्यो

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा कुल २,३४० मत खसेको छ।

बिहान ८ बजे सुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

धरान–१ स्थित संघको कार्यालय परिसरमा भएको निर्वाचनमा व्यवसायी, उद्योगी, राजनीतिक प्रतिनिधि र संघसंस्थाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार खसेको मतको विवरण यस्तो छः

• वाणिज्य तर्फ: १,३९९

• उद्योग तर्फ: ७८७

• एशोसिएट तर्फ: १३३

• वस्तुगत तर्फ: २१

• जम्मा खसेको मत: २,३३९

संघमा जम्मा २,९०७ जना मतदाता दर्ता भएका थिए। आजको मतदानमा झण्डै ८० प्रतिशत मत खसेको छ, जुन संघको निर्वाचनमा अपेक्षाकृत उच्च सहभागिता मानिन्छ।

संघको अध्यक्ष पदका लागि दुई समुहबीच कडा प्रतिस्पर्धा देखिएको छ। गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ आ–आफ्नो टिमसहित अध्यक्ष पदमा दाबी गर्दै मैदानमा उत्रिएका छन्।

गोपाल श्रेष्ठ प्यानल

गोपाल श्रेष्ठको नेतृत्वमा गठित प्यानलले व्यवसायीक सशक्तिकरण, संघको आन्तरिक व्यवस्थापनमा पारदर्शिता, र पूर्वाधार विकासलाई प्राथमिकता दिने योजना अघि सारेको छ।

श्रेष्ठको समूहले अनुभवी तथा व्यवसायिक पृष्ठभूमि भएका सदस्यहरूको प्रतिनिधित्वलाई जोड दिएको छ।

उम्मेदवारहरू:

• उद्योग तर्फ: कृष्णप्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान

• वाणिज्य तर्फ: अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद)

• वाणिज्य महिला तर्फ: वर्षा अग्रवाल

• एशोसिएट तर्फ: अशोक जैन, मनिष अग्रवाल, ललितकुमार अग्रवाल

शिवराज श्रेष्ठ प्यानल

शिवराज श्रेष्ठ नेतृत्वको प्यानलले संघलाई सबल, समावेशी र व्यवसाय–मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

व्यवसायीहरूका समस्या समाधानमा संघको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यो समूहले युवा, अनुभवी र क्षेत्रगत सन्तुलनमा ध्यान दिएको छ।

उम्मेदवारहरू:

• उद्योग तर्फ: उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु), शिवनन्द साह

• वाणिज्य तर्फ: अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई, सीताराम आचार्य

• वाणिज्य महिला तर्फ: ममता शाक्य

• एशोसिएट तर्फ: राजु साह, राजेश अग्रवाल

मतदान सकिएसँगै अब मतगणनाको तयारी थालिएको छ।

आजै साँझदेखि मतगणना सुरु हुने र भोलिसम्म परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। व्यवसायीक क्षेत्रका अगुवाहरूले दुवै समूहको दृष्टिकोण र योजनालाई सराहना गरे पनि अन्तिम निर्णय अब मतगणनाबाटै हुने छ।

संघको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रतीक्षामा व्यवसायी समुदाय उत्सुक देखिएको छ।

 Messenger_creation_ED543F47-A72D-4545-A4E0-BF876C68CA5B

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved