धरानमा सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन जारी, गोपाल र शिवराजको प्यानलबीच प्रतिस्पर्धा

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज बिहानदेखि धरान–१ स्थित संघको कार्यालय परिसरमा मतदान प्रक्रिया सुरु भएको छ।

बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको छ भने विभिन्न राजनीतिक दलका नेता, सांसद तथा उद्योगी–व्यवसायीहरूको उपस्थिति पनि उल्लेखनीय रहेको छ।

संघको अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। निर्वाचन प्रमुख डा. राजेन्द्र शर्माका अनुसार कुल २,९०७ जना मतदाता छन्, जसमा वाणिज्य तर्फ १,७८४, उद्योग तर्फ ९६२, एशोसिएट तर्फ १४० र वस्तुगत तर्फ २१ जना रहेका छन्।यो समाचार तयार पार्दा सम्म १४०० मत खसेको बताए।

गोपाल श्रेष्ठ समूहको तर्फबाट उम्मेदवारहरू यस प्रकार छन् :

  • उद्योग तर्फ: कृष्णप्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान
  • वाणिज्य तर्फ: अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद)
  • वाणिज्य महिला तर्फ: वर्षा अग्रवाल
  • एशोसिएट तर्फ: अशोक जैन, मनिष अग्रवाल, ललितकुमार अग्रवाल

शिवराज श्रेष्ठ समूहको तर्फबाट उम्मेदवारहरू:

  • वाणिज्य तर्फ: अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई, सीताराम आचार्य
  • वाणिज्य महिला तर्फ: ममता शाक्य
  • उद्योग तर्फ: उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु), शिवनन्द साह
  • एशोसिएट तर्फ: राजु साह, राजेश अग्रवाल

निर्वाचन प्रक्रिया अहिलेसम्म शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। मतगणना आज साँझदेखि सुरु हुने अनुमान गरिएको छ। निर्वाचनको परिणामप्रति व्यवसायी तथा स्थानीयको चासो बढ्दै गएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved