धरान/ साउनको पहिलो सोमबारदेखि धरानको पिण्डेश्वर मन्दिरमा बोलबम शुरु भएको छ । गएको सोमबारदेखि नेपाल लगायत भारत सम्मका धर्मालम्वीहरुले यहाँ आएर दर्शन गरि फर्किएका छन् ।पिण्डेश्वर मन्दिरमा सोमबार लगभग ३० हजार भतmजन आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विकास बनेपालीले बताए । हरेक सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन तथा बोलबमको जल चढाउन हजारौं भक्तजनहरूको भीड लाग्ने गर्दछ। त्यहाँ दर्शन गर्न आउने भक्तजनहरुलाई धरानका अग्रवालहरुले निशुल्क रुपमा प्रसाद भोजन वितरण गर्दै आएका छन् । मन्दिरको पुर्वी लाइन नेपाल अग्रवाल सभा एवम् नेपाल महिला अग्रवाल मन्चले त्यहाँ आउने भक्तजनको लागि उक्त निशुल्क प्रसाद
धरान/ पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ । कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो । वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर
झापा/नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले आगामी २०८४ सालको निर्वाचनमा एमाले देशकै पहिलो शक्ति बन्ने दाबी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पार्टी प्रवेशप्रति कडा असहमति जनाएका छन्। झापाको काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेकपा संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले “विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास गलत दिशातर्फको कदम हो” भन्दै स्पष्ट अभिव्यक्ति दिएका हुन्। प्रसाईले नामै लिएर भने, “डा. शेखर कोइराला, बालेन साह, माधव नेपाल, प्रचण्ड, भीम रावलजस्ता
इटहरी/ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, परिवर्तन र शुद्ध राजनीतिका नारामा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरीमा गुट र इगोको राजनीतिमा जकडिँदै अदालतको ढोका ढकढक्याउन पुगेको छ। इटहरी नगर समितिको श्रावण १० मा तय नगर अधिवेशन रोक्न उच्च अदालतसम्म पुगेको घटनाले रास्वपाभित्रको गम्भीर संकट सतहमै ल्याएको छ। सुनसरी, इटहरी उपमहानगरपालिकासँग सम्बन्धित पार्टी पदाधिकारीबीच अहंकार र गुटगत प्रतिस्पर्धा चरम रूप लिँदा समग्र पार्टी संगठन प्रभावित भएको छ। गुट विशेषका नेताहरु एकअर्कालाई निष्क्रिय पार्ने र आफ्ना मान्छे जथाभावी नियुक्त गर्ने दौडमा लाग्दा पार्टीभित्र अनुशासन, पारदर्शिता र
ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले साउन ७ गते साँझ ६:३० बजे ईटहरीबाट ईनरुवा तर्फ पैदल आइरहेका दुई युवालाई चेकजाँच गर्दा साजन श्रेष्ठको साथबाट ३.०६ ग्राम ब्राउन सुगर लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही स्थानका २३ वर्षीय कृष्ण मगर
धरान/ कोशी प्रदेश सरकारले लागू गरेको आर्थिक ऐनले सेवाग्राहीलाई राहत दिनुको साटो झन् झन्झट थपिदिएको छ। विशेषगरी मालपोत कार्यालयमा महिलालगायत लक्षित वर्गले जग्गा पास गर्दा पाइने छुट सुविधा लिन अब थप कागजी झमेला बेहोर्नुपर्ने अवस्था आएको छ। ‘घर–घरमा सिंहदरबार’ नारासहित जनमुखी सेवा दिने भनिएको सरकारी व्यवस्था अहिले जनतालाई हैरानी दिने माध्यम बनेको छ। यसअघि नागरिकता वा परिचय खुल्ने कागजात देखाएर सहजै छुट पाइन्थ्यो भने अब भने स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। धरान–६ पानबारीस्थित मालपोत कार्यालयमा इलामबाट आइपुगेकी उर्मिला राईले भनिन्, “महिला हो भन्ने प्रमाण
मोरङ/ फौजदारी कानुनका विविध विषयको आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ। मिति २०८२ साउन १ गते नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा डा विजय प्रसाद मिश्रबाट उद्दघाटन भएको फौजदारी कानून सम्बन्धी ७ दिने आधारभूत तालिम आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो। कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव वडालको प्रमूख आतिथ्यता तथा कानून व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मूख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मूख्य न्यायाधिवत्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ति, मोरङ बार एशोसिएसन
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रुष्ट बनेको छ। ‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने आशयसहित साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्तिलाई प्रतिष्ठानले ‘तथ्यहीन, भ्रामक र बदनियतपूर्ण’ भन्दै कडा आपत्ति जनाएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार व्यक्तिले ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग
धरान/ घरेलु जग्गा सम्बन्धी विवादले सुनसरीमा एउटा परिवारमा भयावह मोड लिएको छ। देवानगञ्ज गाउँपालिका–२ मा छोराले छुरा प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्। सुनसरी प्रहरीका अनुसार ६० वर्षीय सचिव अन्सारीको हत्या उनका छोरा मोहम्मद रियाज अन्सारीले बुधबार बिहान गरेका हुन्। घरेलु जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। घाइते अवस्थाको सचिव अन्सारीलाई तत्काल विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार हत्या आरोपित छोरालाई नियन्त्
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध कारोबार भइ रहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले टिनको छाना र टाटीले बेरेको उदय लामाको घरमा सोमबार साँझ छापा मारेको हो। प्रहरी टोलीले घर खानतलासी गर्दा ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट बरामद गरेको जनाएको छ। घटनास्थलबाट धरान–१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।