बोलबममा अग्रवालद्धारा लाखौ भक्तजनलाई निःशुल्क भोजन खुवाउँदै

  • साउन ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ साउनको पहिलो सोमबारदेखि धरानको पिण्डेश्वर मन्दिरमा बोलबम शुरु भएको छ ।

गएको सोमबारदेखि नेपाल लगायत भारत सम्मका धर्मालम्वीहरुले यहाँ आएर दर्शन गरि फर्किएका छन् ।पिण्डेश्वर मन्दिरमा सोमबार लगभग ३० हजार भतmजन आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विकास बनेपालीले बताए ।

हरेक सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन तथा बोलबमको जल चढाउन हजारौं भक्तजनहरूको भीड लाग्ने गर्दछ। त्यहाँ दर्शन गर्न आउने भक्तजनहरुलाई धरानका अग्रवालहरुले निशुल्क रुपमा प्रसाद भोजन वितरण गर्दै आएका छन् ।

मन्दिरको पुर्वी लाइन नेपाल अग्रवाल सभा एवम् नेपाल महिला अग्रवाल मन्चले त्यहाँ आउने भक्तजनको लागि उक्त निशुल्क प्रसाद भोजन बितरण गर्ने व्यवस्था गरेको हो ।

हरेक वर्ष नै मानवीय धार्मिक सेवामा समर्पित अग्रवाल सभाले साउन महिना भरी नै पुरी,तरकारी सहितका शुद्ध सहकारीको परिकारहरु बनाएर सवै भक्तजनलाई प्रसाद भोजन वितरण गरेका छन् । अग्रवाल सभाका अध्यक्ष सुनिल अग्रवालका अनुसार साउन महिनाभरी आउने भक्तजनलाई आइतबार रातीदेखि सोमबार सम्म निशुल्क रुपमा भोजन वितरण गर्दै आएको बताए ।

मन्दिर व्यवस्थापन समितीले यो बर्ष ४ लाख भक्तजन पिण्डेश्वर मन्दिरमा भक्तजन आउने अपेक्षा गरेको छ ।

अग्रवाल सभाले पनि त्यहाँ आउने भतmजनलाई निशुल्क प्रसाद भोजन वितरण गर्ने लक्ष्य लिएको छ ।

नेपाल अग्रवाल सभाका अध्यक्ष सुनिलका अनुसार, “यो सेवा हाम्रो धार्मिक आस्थासँग जोडिएको सामाजिक उत्तरदायित्व हो। भक्तजनलाई सुविधा पुगोस् भन्ने उद्देश्यले हामीले यो सेवा वर्षेनी निरन्तरता दिँदै आएका छौं।”

अग्रवाल सभाले विगत केही वर्षदेखि निरन्तर रूपमा यो सेवा दिँदै आएको छ। विशेषगरी साउन महिनाको सोमबार बिहानैदेखि बेलुकासम्म बोलबम हरिहर क्षेत्र तथा पिण्डेश्वर मन्दिरमा आउने श्रद्धालुहरूको भीड व्यवस्थापन गर्न स्थानीय संघ–संस्थासँग सहकार्य गर्दै आएको अग्रवाल सभाले धार्मिक मानवीय कार्यमा सक्रियता देखाउँदै आएको छ ।

पिण्डेश्वर मन्दिर साउन महिनामा विशेष गरी शिवजीप्रति समर्पित भक्तजनहरूको प्रमुख गन्तव्य हुने गर्छ। भक्तजनहरू बिहान सबेरै कोशी नदी वा जलाशयबाट जल बोकेर बोलबम भन्दै मन्दिरमा जल चढाउन आउने गर्छन्।

सप्तरीबाट पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको धर्मालम्बी विस्वास मण्डलले अग्रवाल सभाको प्रसाद वितरण कार्यक्रमले भक्तजनबीच सेवा भाव र सहकार्यको भावनालाई अझ सुदृढ बनाइरहेको बताए ।

भिडियो

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved