धरान १७ मा लागूऔषधसहित एक जना पक्राउ

  • साउन ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

लागूऔषध कारोबार भइ रहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले टिनको छाना र टाटीले बेरेको उदय लामाको घरमा सोमबार साँझ छापा मारेको हो।

प्रहरी टोलीले घर खानतलासी गर्दा ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट बरामद गरेको जनाएको छ।

घटनास्थलबाट धरान–१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved