कृषक हैरान भएपछि पाँचथरमा बाँदर धपाउने कर्मचारी नियुक्त

  • साउन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ ।

कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो ।

वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर हैरान बनाउने क्रम बढेपछि कृषकले यस्तो व्यवस्था गर्न माग गरेका थिए ।

वडाध्यक्ष लावतीका अनुसार वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित राख्न तथा मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले बाँदर हेरालु कर्मचारी खटाइएको हो ।

बढ्दो झाडी र खेतीयोग्य जमिन बाँझिँदै गएकाले बाँदरसँगै अन्य जंगली जनावरको आतंक बढेको छ । सोही कारण बसाइँ सर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved