समाज

    Showing 1,201-1,210 of 6,821 items.
  • मजदुर नेताद्धारा पत्रकार कोषमा सहयोग

    धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो ।  संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका लागि प्रदेश सरकारद्वारा निर्माण गरिएका ३ खानेपानी वेलको संयुक्त अनुगमन

    धरान/  कोशी प्रदेश सरकारले धरानको दीर्घकालीन खानेपानी आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण सम्पन्न गरेका ३ वटा खानेपानी इनारको आज संयुक्त अनुगमन गरिएको छ। प्रदेश सरकारले सेउति खोलाको चारकोसे जंगल क्षेत्रमा निर्माण गरेका ती इनारहरूबाट दैनिक करिब ६० लाख लिटर शुद्ध पानी आपूर्ति हुने अनुमान गरिएको छ।अनुगमन कार्यक्रमको क्रममा प्रदेशका माननीय सदस्यहरू, धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सिँचाइ मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका अधिकारी तथा धरान खानेपानी बोर्डका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।प्रदेश सरकारले निर्माण गरेका यी इ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वपश्चिम राजमार्गमा दुई सवारी ठोक्किँदा ४ जनाको मृत्यु, १५ घाइते

    इटहरी/  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज विहान दुई सवारी साधनको भिडन्त हुँदा दुःखद घटना भएको छ। मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, बस काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै थियो भने माइक्रोबस विपरीत दिशाबाट आइरहेको थियो।  घाइतेमध्ये १० जनालाई विराटनगरको गोल्डेन अस्पतालमा, एक जनालाई विराट टिचिङ अस्पतालमा, र बाँकीलाई न्युरो अस्पताल तथा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ७८ किलो गाँजा र ब्राउन सुगरसहित ४ पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको लागू औषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। पहिलो अपरेशनमा, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित ५० वर्षीय मुस्ताक मियाको टिनको छानो र बाँसको बेरा भएको घरमा खानतलासी गर्दा ७८ केजी (अठ्हत्तर किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उक्त गाँजा ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ का बलराम यादवलाई समेत पक्राउ गरिएको छ। साथै, पटेरको घारीमा लुकाइएका BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय म

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोप्य रूपमा दाहसंस्कार गरिएका दुई बालबालिकाको शव प्रहरीले उत्खनन गर्‍यो

    खोटाङ/  यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराज जंगलभित्र मृत अवस्थामा फेला परेपछि पनि प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा दाहसंस्कार गरिएको तथ्य बाहिर आएको छ। घटनाबारे ढिलोगरी जानकारी पाएपछि प्रहरीले आइतबार दाहसंस्कार स्थलमै पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको हो। राम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार मृतक बालबालिकाको शव दाहसंस्कार गरिएको स्थानमै प्रहरीले उत्खनन कार्य सम्पन्न गरेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुर्घटना वा आत्महत्याजस्ता घटनामा मृत्यु भए कानुनअनुसार शव परीक्षणपछि मात्र

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ४ मा सहयोगकै भरमा टिकेको कन्या आधारभूत विद्यालय

    धरान/ धरान उपमहानगरपालिका–४ ढाँडे, तेलनपुरमा अवस्थित कन्या आधारभूत विद्यालय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको विद्यालय हो। नगरभित्रकै दुर्गम वडामा पर्ने यो विद्यालय अत्यन्तै विपन्न तथा न्यून आय भएका बालबालिकाको शिक्षाको आधार बनेको छ, तर यसको सञ्चालन अझै पनि सहयोगकै भरमा छ। जम्मा २७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हुने–खाने परिवारका अभिभावक बसाइँसराइ गरेर महँगा निजी विद्यालय रोज्ने प्रवृत्तिका कारण विद्यार्थी संख्या घट्दै गएको छ। सरकारले उपलब्ध गराउने न्यून बजेटले विद्यालय चलाउन कठिनाइ भएपछि विभिन्न संघ–संस्था र व्यक्तिको सहयोग नै मुख्य आधार बनेको छ। हालै,

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोका-३ सफलता पूर्वक सम्पन्न मेयर साम्पाङले गरे उद्घाटन

    धरान/  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज (आइतबार) वडा नं. ११ र १७ का लागि कोका खोलाबाट ल्याइएको नयाँ खानेपानी  उद्घाटन गर्नुभएको छ। लामो समयदेखि पानीको समस्या झेलिरहेका धरानवासीका लागि यो अतुलनीय उपलब्धि बनेको छ। मेयर साम्पाङले  रिबन काटेर पानीको औपचारिक उद्घाटन गर्नासाथ, पाइपबाट झरझर पानी झर्दा स्थानीय बासिन्दा, जनप्रतिनिधि र श्रमदाताहरूमा खुशीको माहोल सिर्जना भयो। कार्यक्रममा सहभागीहरूले उत्साहका साथ तालि बजाउँदै यस ऐतिहासिक पललाई सम्मान गरे। यो परियोजना जनसहभागिता र श्रमदानकै आधारमा सम्पन्न भएको एउटा उदाहरण बनेको छ। एक स्थानीयले भने, “एडीबीले करोडौं ऋण दिएक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मनाइयो गाइजात्रा सबै जातजातिको उत्तिकै सहभागिता

    धरान/  पछिल्लो समय नेवारी सँस्कृति काठमाण्डौबाहिर पनि भव्यतासाकाथ मनाउन थालेका छन् । उपत्यकामा मात्र प्रचलित नेवारी समुदायको साँस्कृतिक पर्व गाइजात्रा अहिले कोशी प्रदेशका विभिन्न ठाउँमा सामुहिक रुपमा हुन थालेका छन् ।हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा दिन गाईजात्रा पर्व मनाइने प्रचलन छ । अहिले सबै जातजातिले सबैको भाषा र सँस्कृतिलाई समान रुपले हेर्ने प्रचलन पनि बढदै गएको छ । यसैले गर्दा विगतमा काठमाण्डौमात्र सीमित हुने गाइजात्रा कोशी प्रदेशको धरान उपमहानगरपालिकामा समेत सामुहिक रुपमा मनाइएको छ । सिद्धि नेवा परिषद्को प्रांगरणबाट निकालिएको सो पर्वले धरान बजार परिक्रममा गरेको थियो । गाइजा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान-५ बाट लागुऔषधसहित युवक पक्राउ

    धरान/ विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा धरान उपमहानगरपालिका–५ का २४ वर्षीय आशिष राई लागू औषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले धरान -५ बस्ने दिल बहादुर राईका छोरा आशिष राईको कोठामा खानतलासी गर्दा ट्रामोल ३५९ क्याप्सुल, Dicyclomine HCL २६० ट्याब्लेट र Rerispas-20 का ११९ ट्याब्लेट बरामद गरेको जनाएको छ। बरामद लागू औषधसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिक्लाजुङको रमिते डाँडा: पर्यटनको नयाँ गन्तव्यको रूपमा उदाउँदै

    मोरङ/ पूर्वी नेपालको मोरङ जिल्लामा अवस्थित मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा प्राकृतिक सौन्दर्य, अनुपम दृश्यावलोकन र विविध मौसमी अनुभवको कारण पर्यटनको नयाँ गन्तव्यको रूपमा उदाउँदै छ। इलाम, पाँचथर, धनकुटा र मोरङको संगमस्थल मानिने यो स्थानबाट एकैपटक सगरमाथा, कञ्चनजङ्घा सहित १४ वटा हिमशृङ्खलासँगै तराईको सुनौलो फाँट र पहाडी हरियालीको अद्भुत दृश्य देख्न सकिन्छ। लिम्बू भाषामा ‘मिक्लाजुङ’ को अर्थ नै ‘आँखाले धेरै टाढा देख्न सकिने ठाउँ’ हो, जुन यसको भौगोलिक विशेषतालाई स्पष्ट झल्काउँछ। कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहे पनि रमिते डाँडाको प्रचार–प्रसार भने अझै ओ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 835 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved