धरानमा मनाइयो गाइजात्रा सबै जातजातिको उत्तिकै सहभागिता

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पछिल्लो समय नेवारी सँस्कृति काठमाण्डौबाहिर पनि भव्यतासाकाथ मनाउन थालेका छन् ।

उपत्यकामा मात्र प्रचलित नेवारी समुदायको साँस्कृतिक पर्व गाइजात्रा अहिले कोशी प्रदेशका विभिन्न ठाउँमा सामुहिक रुपमा हुन थालेका छन् ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा दिन गाईजात्रा पर्व मनाइने प्रचलन छ ।

अहिले सबै जातजातिले सबैको भाषा र सँस्कृतिलाई समान रुपले हेर्ने प्रचलन पनि बढदै गएको छ । यसैले गर्दा विगतमा काठमाण्डौमात्र सीमित हुने गाइजात्रा कोशी प्रदेशको धरान उपमहानगरपालिकामा समेत सामुहिक रुपमा मनाइएको छ ।

सिद्धि नेवा परिषद्को प्रांगरणबाट निकालिएको सो पर्वले धरान बजार परिक्रममा गरेको थियो । गाइजात्रामा नेवारी सँस्कृति झल्किने लाखेनाचसँगै साँस्कृतिक बाजा गाजाको प्रयोग गरिएको् थियो । समुदायका बृद्धाबृद्धामात्र हैन युवा पुस्ताको समेत उत्तिकै उपस्थिति रहेको थियो ।

गाइजात्रा परिक्रमा कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, यसोदा कायस्थ लगायत धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
गाइजात्रा परिक्रममा क्रममा सहज जात्रा निकाल्नेहरुलाई तिर्खा नलागोस् भन्ने अभिप्रायल ठाउँ ठाउँमा पानी लगायत सर्वत पानी वितरण गर्ने महिलाहरुको समेत उपस्थिति उल्लेख्य रहेको थियो ।

जात्राको समयमा संलग्नहरुलाई पानी नखुआउँदा धर्म पाप्त हुने मान्यताले दिदी बहिनी समावेशी समूहले क्लोथ फाउन्डेशनसँग सहकार्य गरेर पानी खुवाएको बताइन् ।

ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए ।

तर यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए । सोही आदेश अनुसार शुरु भएको गाईजात्रा अहिले नेवार समुदायका अग्रज कृष्ण श्रेष्ठले बताए ।

गाईजात्राको दिन एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ ।

अहिले यो काठमाण्डौ उपत्यकाबाहिर पनि धुमधामका साथ मनाउने प्रचलन बढ्दै्र गएको र समावेशी पर्वको रुपमा विकास भएको खड्गी समाज धरानका अध्यक्ष मनिष खड्गीले जानकारी दिए ।
यही पर्वमा दिनभर मानिसलाई गाईको स्वरूप बनाएर बजार परिक्रमा गराउने चलन छ ।

यस्तो गर्नाले वर्षभरी मृत्यु भएका आफ्ना आफन्तहरु गाईको पुच्छर समाई वैतर्णी पार गर्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ ।

यही परम्परालाई अंगाल्दै नेवार समुदायले उपत्यकाबाहिर सामुहिक रुपमा गाइजात्रा मनाउने प्रचलन बढेर गएको छ । यसले नेवार समुदायमा भाषिक, साँस्कृतिक एकतामा थप सहयोग पुगेको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved