धरानका लागि प्रदेश सरकारद्वारा निर्माण गरिएका ३ खानेपानी वेलको संयुक्त अनुगमन

  • साउन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेश सरकारले धरानको दीर्घकालीन खानेपानी आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण सम्पन्न गरेका ३ वटा खानेपानी इनारको आज संयुक्त अनुगमन गरिएको छ।

प्रदेश सरकारले सेउति खोलाको चारकोसे जंगल क्षेत्रमा निर्माण गरेका ती इनारहरूबाट दैनिक करिब ६० लाख लिटर शुद्ध पानी आपूर्ति हुने अनुमान गरिएको छ।

अनुगमन कार्यक्रमको क्रममा प्रदेशका माननीय सदस्यहरू, धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सिँचाइ मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका अधिकारी तथा धरान खानेपानी बोर्डका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रदेश सरकारले निर्माण गरेका यी इनारहरूबाट धरानको खानेपानी अभाव घटाउने मात्र नभई, सुरक्षित र दीर्घकालीन आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ। अनुगमनका क्रममा सरोकारवालाहरूले परियोजनाको महत्व र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक थप कदमबारे सुझाव आदान–प्रदान गरेका थिए।

भिडियो:

1 3 2 1

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved