इटहरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज विहान दुई सवारी साधनको भिडन्त हुँदा दुःखद घटना भएको छ। मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्।
प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, बस काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै थियो भने माइक्रोबस विपरीत दिशाबाट आइरहेको थियो।
घाइतेमध्ये १० जनालाई विराटनगरको गोल्डेन अस्पतालमा, एक जनालाई विराट टिचिङ अस्पतालमा, र बाँकीलाई न्युरो अस्पताल तथा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बस चालक गोपाल अधिकारी झापा अर्जुनधारा नगरपालिका–१ का बस चालकलाइ नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।
यस दुर्घटनाले पूर्वपश्चिम राजमार्गमा सवारी सुरक्षाको अवस्था पुनः एकपटक चिन्ताको विषय बनेको छ। यातायात सुरक्षा कडाइ गर्न आवश्यक रहेको प्रहरीको भनाइ छ।
घाइते तथा मृतकको विवरण
१) जिल्ला मोरङ सुन्दर हरैचा न.पा.-९ बस्ने बर्ष नखुलेको अम्बिका राई ।
२) जिल्ला खोटाङ रावावेसि गा.पा.-०२ बस्ने बर्ष नखुलेको निरुता परियार
३) जिल्ला खोटाङ बस्ने बर्ष ३८ को निर्मल परियार ।
४) जिल्ला सप्तरी मन्धेव गा.पा. -६ बस्ने बर्ष नखुलेको रबिन्द्र प्र. मण्डल ।
५) जिल्ला उदयपुर चौदण्डिगढी न.पा.-५ बस्ने बर्ष-५० को रेनुका श्रेष्ठ ।
६) जिल्ला झापा शिबसतासि न.पा.-०५ बस्ने बर्ष-३८ को खगेन्द्र थापा – सामान्य
७) जिल्ला झापा भद्रपुर न.पा.-०९ बस्ने बर्ष-५३ को सन्तोष खत्री – सामान्य ।
८) जिल्ला उदयपुर बेलस्रोत न.पा.-०१ बस्ने बर्ष-२० को दिपक बि.क. -सामान्य ।
९) जिल्ला ईलाम चुलाचुलि गा.पा.-०३ बस्ने बर्ष-३६ को सविन राई -सामान्य ।
१०) जिल्ला सप्तरी धिकुति गा.पा.-०६ बस्ने बर्ष नखुलेको रविन्द्र मेहता-
११) जिल्ला सप्तरी गोईठी गा.पा.-३ बस्ने बर्ष-६८ को जिवछ महात्मा ।
१२) जिल्ला सप्तरी मधावे गा.पा.-०६बस्ने बर्ष अ. ३५ को शंकर मण्डल को मृत्यु भएको ।
१३) जिल्ला सुनसरी कोशी गा.पा.-०६ बस्ने बर्ष अ. ७० को लक्ष्मण सदा को मृत्यु भएको ।
१४) जिल्ला सुनसरी अस्पतालमा १ जनाको मृत्यु भएको बिराटनगर बस्ने असोक यादव हुन सक्ने थप पहिचान खुल्न बाकि रहेको ।
जिल्ला अस्पताल ईनरुवा सुनसरी:-
१५) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने बर्ष ८४ को नेत्रलाल गिरीको टाँउको दाहिने खुट्टामा अबस्था सामान्य ऐ.०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ ।
१६) नेत्रलाल गिरीको छोरा बर्ष अं. ३९ केदार गिरी बुबा छोरा दुबै जना ऐ.०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ
१७) ईनरुवा अस्पतालमा १ जना मृतक अं. बर्ष ४५/५० की महिला ।
गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको घाईतेहरुको बिबरण ।
१८) जिल्ला झापा अर्जुनधारा नपा १ साजनटार बस्ने चन्द्र राईको छोरा बर्ष अं. २० को सत्य राईको आँखाको परेलामा चोट अबस्था बोल्न सक्ने मध्यम (९७६१०२८१३९ )
१९) जिल्ला सप्तरी राजविराज न.पा.-०६ बस्ने प्रकाश कुमार रायको छोरा बर्ष-१० को रुद्र राय
२०) जिल्ला मोरङ बिराटनगर मनपा-१० बस्ने बर्ष-४८ कि सोभा यादव
२१) जिल्ला सप्तरी राजविराज न.पा.-१२ बस्ने बर्ष-४४को प्रमोद रजक । सामान्य
२२) ऐ. तिलाठी गा.पा.-५ बस्ने बर्ष-२२ को रवि राय
२३) ऐ. राजविराज न.पा.-०२ बस्ने बर्ष-२४ को भोला यादव मध्यम
२४) जिल्ला सप्तरी राजबिराज तेतरी गाछी बस्ने बर्ष अं. ३५ को प्रदिप यादव
२५) जिल्ला सुनसरी कोशी गा.पा.-०६ श्रिपुर बस्ने बर्ष-६० को जोगिन्द्र दास (बाबा) मध्यम
२६) ऐ. डाक्नेश्वरी न.पा.-०३ बस्न बर्ष ३० कि अमृता राय मध्यम ।बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको ।