गोप्य रूपमा दाहसंस्कार गरिएका दुई बालबालिकाको शव प्रहरीले उत्खनन गर्‍यो

  • साउन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/  यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराज जंगलभित्र मृत अवस्थामा फेला परेपछि पनि प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा दाहसंस्कार गरिएको तथ्य बाहिर आएको छ। घटनाबारे ढिलोगरी जानकारी पाएपछि प्रहरीले आइतबार दाहसंस्कार स्थलमै पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको हो।

राम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार मृतक बालबालिकाको शव दाहसंस्कार गरिएको स्थानमै प्रहरीले उत्खनन कार्य सम्पन्न गरेको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुर्घटना वा आत्महत्याजस्ता घटनामा मृत्यु भए कानुनअनुसार शव परीक्षणपछि मात्र अन्त्येष्टि गर्नुपर्ने व्यवस्था रहेको बताए। तर यो घटनामा कानुनी प्रक्रिया नपुर्‍याई दाहसंस्कार गरिएको हुँदा सत्यतथ्य पत्ता लगाउन उत्खनन गरिएको उनले स्पष्ट पारे।

गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित ६ जना बालबालिका एकैपटक सम्पर्कविहीन भएका थिए। सोही दिन खोजतलास गर्दा साँझ नजिकैको ओडारमा चार जना सकुशल फेला परे पनि दुई बालबालिका भने मृत अवस्थामा भेटिएका थिए।

-रासस

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved