समाज

    Showing 1,031-1,040 of 6,697 items.
  • हिमालयन क्वीन्स ग्याम्बिट चेस : प्रिसियस अधिकारी च्याम्पियन

    काठमाडौं/ हिमालयन चेस एकेडेमीद्वारा आइतबार सम्पन्न ‘हिमालयन क्वीन्स ग्याम्बिट’ प्रतियोगितामा प्रिसियस अधिकारीले शानदार प्रदर्शन गर्दै च्याम्पियनको उपाधि हात पारेकी छन् । उनले सातै खेल जित्दै शतप्रतिशत ७ अंक जोडेर प्रथम स्थान सुरक्षित गरिन् । सेन्ट जेभियर्स कलेज, माइतीघरमा सम्पन्न एकदिने प्रतियोगितामा निहाना श्रेष्ठ पनि अपराजित रहिन् तर दोस्रो चरणमा बराबरी खेलेपछि ६.५ अंकमा सीमित भई उपविजेतामा रोकिइन् । महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अंकसहित तेस्रो स्थानमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा परे । यो प्रतियोगिता अन

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उर्लाबारीमा कारबाट ठूलो मात्रामा लागुऔषध बरामद, तीन जना पक्राउ

    विराटनगर/  मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति कारमार्फत लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा राति ११ बजे उर्लाबारी–९ आमबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालक

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुटर ठक्करबाट घाइते महिलाको निधन

    धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्‍याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निध

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा रथयात्राअघि ५ भारतीय नागरिक नियन्त्रणमा

    विराटनगर/  ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चु

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ७२ किलो गाँजा सहित पाँच जना नियन्त्रणमा

    धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा   फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 1,196 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी अनिता राई सप्तकोशी किनारमा मृत फेला

    धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 4,765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–विराटनगरमा कृष्ण जन्माष्टमी रथयात्रा भव्य तयारी,२ बजे देखी सुरु हुने

    धरान/  हिन्दुहरूको पावन पर्व कृष्ण जन्माष्टमीको समापनको अवसरमा आज आइतबार धरान र विराटनगरमा भव्य ‘श्रीकृष्ण रथयात्रा’ आयोजना हुँदैछ। धरानमा दिउँसो २ बजे गीता भवन परिसरबाट सुरु हुने रथयात्राले यस वर्ष २१ वर्ष पूरा गरेको गीता भवन सञ्चालक समितिका उपाध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारीले जानकारी दिए। रथयात्रा छाता चौक, लक्ष्मी चौक, पुरानो बजार, भौडी चौक हुँदै भानु चौकमार्गबाट पुनः गीता भवनमा विसर्जन गरिनेछ। यसपटक पनि भक्तजनले डोरी तानेर रथ तान्ने परम्परा कायम भए पनि, भौगोलिक र प्राविधिक कारणले सवारी साधनमार्फत रथयात्रा सम्पन्न गरिने भएको छ। त्यस्तै, विर

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ठूलो परिमाणको ब्राउन सुगरसहित चार जना पक्राउ

    ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाले मोटरसाइकल बगायो : बुबाको उद्धार, १९ वर्षीया अनिता अझै बेपत्ता

    धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्। धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 1,315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोरा राइड साइकलिङ्ग च्यालेन्ज : स्वास्थ्य, पर्यटन र सामाजिक सेवासँगै सम्पन्न

    धरान/ धार्मिक–पर्यटकीय स्थलको प्रवर्द्धन र सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यसहित धरानमा शनिबार कोरा राइड साइकलिङ्ग च्यालेन्ज भव्य रूपमा सम्पन्न भएको छ। पेडलर्स धरानको आयोजनामा भएको प्रतियोगितामा देशभरबाट आएका दुई सयभन्दा बढी साइक्लिष्टले सहभागिता जनाएका थिए। बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीय स्थल हुँदै ३२ किलोमिटर दूरी पार गरेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन गरिएको थियो। पेडलर्स धरानका अध्यक्ष किशन मास्केका अनुसार यो च्यालेन्जले साइकलिङ्ग खेललाई मात्र होइन, धरानको धार्मिक र पर्यटन क्षेत्रलाई पनि उजागर गर्ने काम गर

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved