नीति–कार्यक्रम र कर दरमा सहमति जुटेन, स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा

  • भदौ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/तोकिएको समयभन्दा ढिलो सुरु भएको धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रम र कर दरमा सहमति जुट्न सकेन।

एमालेका जनप्रतिनिधिहरूले संशोधनबिनै नीति तथा कार्यक्रम आएको भन्दै आपत्ति जनाएपछि निर्णय स्थगित भएको हो।

बैठकले अब भदौ २५ गते बिहान बस्ने कार्यपालिका बैठकमार्फत अन्तिम प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। करसम्बन्धी विषयमा पनि असहमति देखिएको छ।

एमाले कार्यपालिका सदस्य अनुप देवानले पाँच बुँदे संशोधन प्रस्ताव पेश गरेका थिए भने वडा ९ का अध्यक्ष रुपेश आचार्य र वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले कर वृद्धिले जनतामा बोझ पर्नेस भन्दै राहत दिनुपर्ने बताएका थिए।

यसैबीच, बैठकले धरान–८ को तीनकुनेस्थित नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिने समितिको प्रतिवेदन भने जस्ताको तस्तै पारित गरेको छ।

प्रतिवेदनअनुसार बसपार्क पाँच वर्षका लागि सार्वजनिक बढाबढमार्फत ठेक्कामा दिने र उपमहानगरले न्यूनतम वार्षिक १ करोड ४० लाख आम्दानी गर्ने अनुमान गरिएको छ।

बसपार्क सञ्चालनमा निजी क्षेत्रलाई जिम्मेवार बनाउन ठेक्काको १५ प्रतिशत रकम मर्मत कोषमा राखिने छ।

यातायात व्यवसायी र सुरक्षा निकायसँगको समन्वयमा बसलाई अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गराउने मेयर हर्कराज साम्पाङले स्पष्ट पारे।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved