राजनीति

    Showing 711-720 of 1,910 items.
  • दलित समुदायका पेशाकर्मीलाई औजार वितरण

    धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

    इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदान केन्द्रमा पठाइयो कर्मचारी

    इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानी योजनाको लागि एमाले द्वारा खानेपानी मन्त्री सङ छलफल

    ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ ।  छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ ।  उक्त योजनाले नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान५, पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी धरान ४, देउराली खानेपानी धरान ५, पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएकोछ । मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकु

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुल्क मापदण्ड विपरित इटहरीका निजी स्कूल

    इटहरी/ स्थानीय सरकारले ल्याएको शुल्क मापदण्ड पालना नगरि इटहरीका निजी विद्यालयले मनलाग्दी शुल्क लिने भएका छन् । वैशाख ७ गते निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एशोसियसन इटहरीद्दारा विद्यालयमा गरिएको सकुर्लर अनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिने उल्लेख गरिएको छ । उपमहाननगरपालिकाले भने विगतभन्दा कपितय विद्यालयले अनावश्यक शुल्क बढाएर शैक्षिक सत्र सुरु हुनुअघि नै प्रस्ताव पेस गरेको जनाएको थियो । इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने २७ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षको रुपमा लिएर अयिभान सञ्चालन गरे

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा दलहरुको प्रतिष्ठाको लडाई शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर/ इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् । उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भ

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको विकासको जिम्मा सुहाङ्गले लिन्छ, सुहाङ्गको जिम्मा म लिन्छु, :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । इलाम क्षेत्र नम्बर -२ मा भएको चुनावी सभामा बोल्दै उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने रु उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ । उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भ

    • प्रकाशित मितिः वैशाख ६, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दश प्रतिशत कमाई बुवा–आमालाई : मन्त्री चौधरी

    सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताएकीछिन् । सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबु आमाका लागि खर्च गर्नुपर्छ ।’ ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको स

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा लाग्न ओलीको निर्देशन

    दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि मंगलबार झापा आएका ओलीले झापामा पार्टीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जनहितमा अधिकतम रूपमा लाग्न अनुरोध गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘जनताका आंकाक्षा र अपेक्षा अनुसार काम गर्नुपर्छ’, उनले भने । उनले एकताबद्ध भएर पार्टी काम लाग्न निर्देशन दिदै नेतृत्व छान्ने क्रममा केही असन्तुष्टिहरू भएको भए त्यो बिर्सन पनि आग्रह गरे । &l

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनुवार सेवा समाजले दोश्रो प्रदेश सम्मेनल धरानमा गर्ने

    धरान/ सुनुवार सेवा समाज प्रदेश नं १ समितिले “पहिचान र समानताको लागी प्रतीबद्धता“ भन्ने मुल नाराका साथ दोश्रो सम्मेलन गर्ने भएको छ । कोशी प्रदेशका ११ वटा जिल्लामा रहेका सुनुवार समुदायले धरानको सैैनिक भवनमा बैशाख ८ गते देखि दोश्रो सम्मेलन गर्न लागेका हुन् । आईतबार सुनुवार सेवा समाजका १ नं. प्रदेश समितिका अध्यक्ष एसा सुनुवारले सुनुवार समुदायका मानिसहरु प्रदेशको १४ वटै जिल्लामा रहे पनि ११ वटा जिल्लामा मात्र संगठित भएका मात्र सम्मेलनमा सहभागी हुने पत्रकारहरु माझ बताईन् । उनले सम्मेलन २ दिन सम्म रहने सम्मेलनमा पहिलो दिन विभिन्न झाँकी र सुनुवार समुदायका ख्याती प्राप्त कल

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved