मे दिवसका लागि टि शर्ट लोकार्पण

  • वैशाख १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ । 

बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ । 

उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक,

एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर संसदभवनको ३ नम्बर गेट लगायतका बसपार्कहरुमा कोणसभाहरु गरिने संगठनले तयारी गरेकोछ । 

शनिबार कोटेश्वरमा आयोजित अगुवा भेलामा मे दिवसका लागि टि शर्ट सार्वजनिक गर्दै मे दिवसलाई प्रभावकारी बनाउन विविध कार्यक्रमहरु सार्वजनिक गरिएको हो । 

मे दिवसको लोगो अंकित टि शर्ट संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्टका उपमहासचिव कमला तामाङ्ग, संगठनका उपाध्यक्षहरु नवराज घिमिरे,

विष्णु लामा, महासचिव केशव थापा लगायतका नेताहरुले टि शर्ट लोकार्पण गरिएको हो । 

उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो समेत सार्वजनिक गरिएकोछ ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved