सुक्खा मौसम शुरू : धरानमा खानेपानीको अभाव

  • वैशाख १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt तस्बिर रासस

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्।

अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ।

धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्छिन्।

उनी भन्छिन्, ‘पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले होला भनेर कुर्दै बसेका छौँ।’

पानीको अभावमा भोगिरहेका विकास नेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउँछन्।

उनी भन्छन्, ‘नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ। धरानमा खानेपानीको समस्या समाधान कहिले हुन्छ होला पानीको अभावले धेरै दुःख पाइयो।’


धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टौँ समय लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपरेको उनी बताउँछन्।

स्थानीय पवित्रा सुब्बाका अनुसार पानी लिन एक घण्टा खर्चनुपर्ने अवस्था छ।

उनी भन्छिन्, ‘खत्री धाराबाट पानी ल्याउन त्यति सहज छैन पानी भर्नलाई लाइनमा बसेर निकै बेरपछि पालो आउँछ पानी पनि पर्याप्त छैन, धेरै समस्या छ।’

पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘वर्षेनी सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्षेनि हुने गरेको छ।’

अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उनले सुनाए।

विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ।

धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ। मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन।

खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो। त्यसयता भने समस्या फेरि सुरु भएको।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएरपछि झण्डै ४२ किलोमिटको दुरीबाट पानी ल्याएका थिए।

तर दीर्घकालीनरुपमा भने समस्या समाधान हुन सकेको छैन।

धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ।

उनले खोलानाला सुकेर पानी ट्याङ्कीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताए।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोजनुपर्ने बताउँछन्।

उनले भने, ‘धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ।’

उनले योजनाबद्धरुपमा काम नहुँदा सुक्खा मौसम सुरु भएसँगै पानीको अभाव सुरु हुने गरेको  बताएको खबर राससले प्रकाशन गरेको छ। 

 

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved