मे दिवसमा सडक दुर्घटना न्युन गर्न अभियान

  • बैशाख २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएकोछ ।

मंगलबार विहान ७ बजे काभ्रेको धुलिखेल बसपार्कमा चालक, सहचालकमाझ उभिएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै फैलिरहेको स्मरण गराउनुहुँदै प्रत्येक दिन ७ देखि ८ जनाको ज्यान गइरहेको र सरदर दैनिक ४० जना घाइते भइरहेको र प्रत्येक वर्ष २ हजार ८ सय ८० जना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै यातायात मजदुरहरु सचेत हुनपर्ने बताउनुभयो ।

सडक दुर्घटनाका धेरै कारण छन् सडकको अवस्था, सवारीसाधनको चाप, सडक प्रयोगकर्ता, सवारीचालक, यान्त्रीक तथा पर्यावरणीय जेसुकै भएपनि सार्वजनिक सवारीसाधनका चालकहरुलाई कारक मान्ने गलत परम्परा तोड्न र तथ्य स्थापित गर्न हामी श्रमिकहरुको तर्फबाट सडक सुरक्षा सचेतनाका बारेमा अभियान चलाउनु आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो ।

मे दिवसको इतिहास श्रमिकहरुको मुक्तिको आन्दोलनसंग जोडिएकाले आजको दिन उत्सवका रुपमा मनाउनु पर्ने दिनभएपनि नयाँ कुराको ज्ञान हासिल गरेर आजको दिनलाई मनाउनका लागि संगठनले सडक सचेतना कार्यक्रम आयोजना गरिएको पनि राईले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मे दिवसका अवसरमा बसपार्कमा मजदुरहरुलाई भेटघाट गर्ने र शुभकामना आदान प्रदानसंगै सडक सचेतना कार्यक्रमहरु सम्पन्न गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालयसंगको सहकार्यमा सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेल बसपार्क र बनेपामा कार्यक्रम सम्पन्न भएकोछ । बनेपाको कार्यक्रममा जिफन्टका उपाध्यक्ष तथा संगठनका पूर्व महासचिव विदुर कार्की र धुलिखेलको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई प्रमुख प्रशिक्षकका रुपमा सहभागी हुनुहन्थ्यो ।

त्यस्तै ललितपुरको लगनखेलस्थित बसपार्कमा भएको कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे, न्यूरोड गेटमा भएको कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु लामा, शंखमुलमा भएको कार्यक्रममा केन्द्रीय सदस्य कमल सापकोटा, एयरपोर्टमा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य अजय श्रेष्ठ, साझा यातायात पुल्चोकको कार्यक्रममा संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा,

बुढानिलकण्ठमा सम्पन्न कार्यक्रममा प्रदेश सचिव शिवकुमार श्रेष्ठ प्रशिक्षकका रुपमा परिचालन गरिएको थियो ।

कार्यथलोमै पुगेर मजदुरहरुलाई शुभकामनापनि दिने र सडक सचेतना पनि प्रदान गर्ने उदेश्यले बसपार्क आधारित कार्यक्रम गरिएको संगठन प्रदेश अध्यक्ष शंकर थालो बताउनुभयो ।

अभियानमा संगठनका केन्द्रीय सदस्यहरु धनमाया सुनुवार, कृष्णमाया ब्लोन, मुना श्रेष्ठ, प्रदेश कमिटीका नेताहरु वेदप्रसाद घिमिरे, गणेशबहादुर श्रेष्ठ, डाकबहादुर राउत, शान्ति क्षेत्री, हर्मिता श्रेष्ठ, काँइला श्रेष्ठ, लेखबहादुर दाहाल, सिता चौलागाँई, तिर्थमाया लामा लगायतका नेताहरु परिचालन गरिएको सचिव शिवकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कोशी प्रदेशको विर्तामोड, इटहरी, बिराटनगर, धरान, धनकुटा, गाइघाट, कटारी र दिक्तेलमा पनि सडक सचेतना कार्यक्रम सम्पन्न गरिएकोछ ,

त्यस्तै मधेश प्रदेशको जनकपुर, लहान र रौतहटमा पनि कार्यक्रम गरिएकोछ, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, लमही, तुलसीपुर रघोरी, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमापनि सडक सचेतना कार्यक्रम सम्पन्न गरिएकोछ ।

त्यस्तै १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको प्रदर्शनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ हजार १ सय यातायात श्रमिकहरु उतारेकोछ ।

ट्रेड युनियन महासंघहरुको पनि महासंघ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको मे दिवसको संयुक्त कार्यक्रममा जिफन्ट आवद्ध सदस्य युनियनहरुले जिफन्ट केन्द्रीय कार्यालय र्‍याली प्रारम्भ गरेको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटी, बागमती प्रदेश कमिटीले र मातहत कमिटीहरुलाई परिचालन गर्दै मे दिवसलाई विशेष उत्सवका रुपमा मनाईएको संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।IMG_4236 IMG_4224

नेकपन एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved