रङ्गेली/ मोरङको सुनवर्सी नगरपालिका–६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको १७ कठा जग्गा लामो समयदेखि गाउँपालिकाका पूर्व वडा अध्यक्षले अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ । शाखाले २०४४ सालमा खरिद गरेको १७ कट्टा जग्गा सम्बन्धित निकायले चासो नदिदा सो को उब्जनि पूर्व वडा अध्यक्ष तेजनारायण ताजपुरियाले उपभोग गरिरहेको पाइएको हो । तेजनारायणले जग्गा उपभोग गरेवापत रेडक्रसलाई दिनुपर्ने रकम समेत नदिएको र एकलौटी रुपमा जग्गा खनजोत गरेर बाली लगाउदै आएको रेडक्रस सोसाइटी उपचार केन्द्र गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले बताए । २०४४ सालमा बक्राहा खोलामा आएको वाढीले खोलाको किनारमा
इटहरी/ नेकपा एमाले इटहरीले जथाभाबी डोजर चलाउँदा जताततै डुबानको समस्या बढेको आरोप लगाएको छ । स्थानीय सरकारले विपद् व्यवस्थापन भन्दै खोलाका झारपात निकाल्ने र डुबानपछि राहतका नाममा बजेट सक्ने बाहेक अरु केही गर्न नसक्ने भन्दै डोजरको विरोध पनि गरेको छ ।. इटहरीलाई सदाका लागि डुबानबाट जोगाउन ठोस योजना ल्याउन नसकेको नेकपा एमाले इटहरी नगरका नवनिर्वाचित अध्यक्ष रुपेश बस्नेतले बताएका छन् । एमाले इटहरी नगर अध्यक्ष बस्नेतले इटहरी नगरसरकारमा आफ्नो दलपनि सहभागी भएकाले त्यसको जिम्मेवारी नैतिक हिसाबले आफुले पनि लिएको बताए । उनले दलिय आग्रह पुर्बाग्रह त्यागी आजकै दिनबाट इटहरीलाई डुबान मुक्त बनाउनका लाग
धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् । शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् । प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् । प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक
विराटनगर/ तत्कालिन मुख्यमन्त्री केदार कार्कीले गरेको निर्णय हालका मुख्यमनत्री हिक्मत कार्कीले खारेज गरेको छ। प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको हो । विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सेवा निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश निजामती सेवा ऐनका कारण विभेदमा परेको भन्दै प्रदेश मातहतमा रहेका लेखा समूहका कर्मचारीहरू आन्दोलित हुँदै आएका थिए । लेखा समूहका कर्मचारीहरू फरफरक गर्ने समयमा काम छाडेर आन्दोलनमा उत्रिएपछि केही दिन अघि प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन गर्ने आश्वासन दिएका थियो । प्रदेश सरकारको आश्वासन पछि लेखा समूहका
धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा
धरान/ हिमाली जिल्लाहरूमा बसाइसराइको दर उच्च छ । बसाइसराईसंगै वैदेशिक रोजगारीले महिला बालबालिका र ज्येष्ठ नागरिकहरुको बाहुल्यता छ, गाउँघरमा आजकाल । घरमा भएका बालबच्चा हेर्नुपर्ने आमाहरूलाई सहरमा मात्र हैन गाउँघरमा समेत दैनिक कामकाजमा अप्ठ्यारो पार्दै गएको छ । कामकाजी आमाहरुको समस्या समाधान गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २०७६ शिशु स्याहार केन्द्र स्थापना भयो । प्रदेश सरकारको सहयोगमा शिशु स्याहार केन्द्र स्थापना भएपछि उक्त भेगका आमाहरूलाई दैयनदिन काममा सहज भएको छ । केन्द्र सञ्चालन भएपछि बालबालिका हेरचाह गर्दा लाग्ने समय अन्य खेतीपाती तथा घरको काममा खर्च गर्न पाएको स्थानीय उर्मिला
इटहरी/ नयाँ नेतृत्वको लागि शनिबारराती सम्पन्न भएको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेस बस्नेत निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा बस्नेतले निकटतम प्रतिद्वन्द्वी सुजन लामालाई १ सय १८ मतले पछि पार्दै निर्वाचित भएका हुन । बस्नेतले १९७ मत प्राप्त गर्दा लामाले ७९ मत प्राप्त गरे । यस्तै अध्यक्षका अर्का उमेद्धवार उमेश पौडेलले ६२ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भए । थापाले २०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मन्दिरा भटराईले १३१ मत प्राप्त गरिन् । यसै गरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । निकटतम
विराटनगर/ कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको पाइएको छ । कोशी प्रदेशले बनाएका ऐनको अध्ययन र समिक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समिक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानून संकायलाई जिम्मा दिएको थियो । प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावली अध्ययन र समिक्षाले मात्र अध्ययन र समिक्षाले पूर्णता नपाउने भएकाले प्रदेशले बनाएका निर्देशिका, मापदण्ड, कार्यविधि र कानूनको आवश्यकताको समेत अध्ययन एवम् समिक्षा गरिएको अध्ययन तथा समिक्षा टोली संयो
विराटनगर/ कोशी प्रदेशमा रहेका महानगर र उप महानगर नियम विपरीत कर्मचारी भर्ना गरेकोमा प्रश्न उठाएको छ । महालेखाले डोर हाजिरी, करारमा र दरबन्दी विना नियुक्त भएका कर्मचारीलाई दिएको तलब भत्तालाई बेरुजुमा राख्दै अनियमितता भनेको छ । कोशी प्रदेशमा विराटनगर महानगर, इटहरी र धरान उप महानगरपालिका रहेका छन् । तीन वटै पालिकामा डोर हाजिरीमा, करारमा र दरबन्दी विना नै कर्मचारी राखेको भन्दै प्रश्न उठाएको छ । २०८१ को महालेखा प्रतिवेदन अनुसार विराटनगर महानगरमा ३०९ जना करारमा कर्मचारी राखिएको छ । उनीहरूलाई १३ करोड ३३ लाख २५ हजार १९९ रुपैयाँ तलब बापत भुक्तानी गरिएको छ । सो रकमलाई अनियमितता भन्दै महालेखाले म
इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट