पूर्ब मुख्यमन्न्त्री कार्कीले गरेको निर्णय खारेज

  • असार २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ तत्कालिन मुख्यमन्त्री केदार कार्कीले गरेको निर्णय हालका मुख्यमनत्री हिक्मत कार्कीले खारेज गरेको छ।

प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको हो । विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सेवा निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रदेश निजामती सेवा ऐनका कारण विभेदमा परेको भन्दै प्रदेश मातहतमा रहेका लेखा समूहका कर्मचारीहरू आन्दोलित हुँदै आएका थिए ।

लेखा समूहका कर्मचारीहरू फरफरक गर्ने समयमा काम छाडेर आन्दोलनमा उत्रिएपछि केही दिन अघि प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन गर्ने आश्वासन दिएका थियो । प्रदेश सरकारको आश्वासन पछि लेखा समूहका कर्मचारीहरू काममा फर्किएका थिए ।

प्रदेश निजामती सेवा ऐनका कारण लेखा समूहका कर्मचारीहरू विभेदमा परेको भन्दै नौ महिना देखि आन्दोलित हुँदै आएका थिए ।

यस्तै आज बसको मन्त्री परिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० खारेज गर्ने निर्णय गरेको छ ।

कार्कीले सो अध्यादेश मार्फत प्रदेश सरकार मातहतमा रहेका अस्पताल विकास समितिको अध्यक्ष आफू अनुकूलका व्यक्तिलाई नियुक्त गर्ने व्यवस्था गरेका थिए । यो अध्यादेश आउनु अघि जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था थियो ।

कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७९ ले जिल्ला समन्वय समितिको संयोजकलाई नै अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था गरेकोमा कार्कीले अध्यादेश मार्फत जनस्वास्थ्य ऐनको दफा ३१ को उप दफा १ र २ को हटाएका थिए ।

उनले जनस्वास्थ्य ऐनको सो दफा हटाएर प्रदेश सरकारले मनोनीत गरेको व्यत्तीलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गर्ने व्यवस्था गरेको छ ।
यसै गरी प्रदेश सरकारले तीन वटा समिति बनाएको छ । प्रदेश सरकारले राजनीतिक तथा प्रशासनिक समिति,कानुन न्याय तथा प्रदेश मामिला समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved