इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

  • असार १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ ।
सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो ।

सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए ।

नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट प्रस्तुत गरे । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि प्रवक्ता समेत रहेका पोखरेललाई नगर सभा अध्यक्ष तथा नगरप्रमुख हेमकणर् पौडेलले जिम्मेवारी दिएका थिए ।

पोख्रेलले प्रस्तुत गरेको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत विराटनगर महानगरपालिकाको भन्दा झन्डै ८ करोड बढी हो । प्रस्तुत बजेटमा चालूतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख रहेको छ ।

इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्था तर्फ बजेट व्यवस्थापन गरेको छ । पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगर स्तरका योजनामा ४५ करोड समेत समावेश गरिएको छ ।

बजेटले भौतिक पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाको विकास, समाज परिचालन र सामाजिक विकास, कृषि र उत्पादनमा जोड, बाढी नियन्त्रण एवं विपद् जोखिम न्यूनीकरणलाई जोड दिएको छ ।

बजेटमै सहमति हुन नसकेपछि धरान उपमहानगरपालिको बजेट आउन सकेन । कार्यपालिकाले पारित गर्नुपर्ने बजेटमा सहमति नभएपछि नगर सभा अनिश्चित बनेपछि धरान उपमहानगरले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्न नसकेको हो ।

नगरप्रमुख हर्क साम्पाङ र उपमेयर सहित सबै कार्यपालिका सदस्यहरूबिच सहमति हुन नसक्दा धरानको नगर सभा अनिश्चित बनेको हो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved