साना खोलामा बाढीको जोखिम डोजर चलाउँदा डुबानको समस्या झन बढ्यो

  • असार २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नेकपा एमाले इटहरीले जथाभाबी डोजर चलाउँदा जताततै डुबानको समस्या बढेको आरोप लगाएको छ ।

स्थानीय सरकारले विपद् व्यवस्थापन भन्दै खोलाका झारपात निकाल्ने र डुबानपछि राहतका नाममा बजेट सक्ने बाहेक अरु केही गर्न नसक्ने भन्दै डोजरको विरोध पनि गरेको छ ।.

इटहरीलाई सदाका लागि डुबानबाट जोगाउन ठोस योजना ल्याउन नसकेको नेकपा एमाले इटहरी नगरका नवनिर्वाचित अध्यक्ष रुपेश बस्नेतले बताएका छन् ।

एमाले इटहरी नगर अध्यक्ष बस्नेतले इटहरी नगरसरकारमा आफ्नो दलपनि सहभागी भएकाले त्यसको जिम्मेवारी नैतिक हिसाबले आफुले पनि लिएको बताए ।

उनले दलिय आग्रह पुर्बाग्रह त्यागी आजकै दिनबाट इटहरीलाई डुबान मुक्त बनाउनका लागि बृहत्त गुरुयोजना निर्माण गरि दिर्घकालिन समाधानका लागि सरोकारवाला सबै पक्षसँग अपिल पनि गरेका छन् ।

अध्यक्ष बस्नेतले इटहरी सरकारले कुनै अध्ययन, अनुसन्धान र सम्बन्धित बिज्ञको सल्लाह बिना नै इटहरीका खोला, पैनी सरसफाइका नाममा जथाभावी जमिनको सतह खन्दा पनि मंगलबार इटहरी डुबेको दावी गरेका छन् ।

जथाभावी डोजर लगाएर खन्दा पानीको बहावले कमजोर खेती योग्य जमिन बगाउँनुका साथै बस्तीका घरहरुमा क्षति पुर्याएको उनले बताए । टेङ्ग्रा खोलाको हकमा बलौटे माटो भएको र खोला सफागर्ने नाममा जथाभावी डोजर लगाउँदा विगतको भन्दा खोलाको सतह अत्यन्तै गहिरो भएकाले पनि कटान बढी भएको उनको भनाई छ ।

बर्षातको मुखैमा इटहरी सरकारले टेंग्रा करिडोर बनाउने नाममा ढुङ्गाको तारजाली लगायत घर भत्काउने कार्यले पनि यस बर्ष क्षती वृद्धि भएको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागले यो बर्ष असोजसम्म बर्षा हुने प्रक्षेपण गरेकाले अबका दिनमा के कस्तो खोलामा आउने बाढीले क्षति गर्छ भन्ने अनुमान मंगलबार इटहरीका खोलामा हुँदै बस्ती र औधोगिक क्षेत्रमा पसेको बाढीको क्षतिले स्पष्ट बनाईसकेको उनले बताए ।

उनका अनुसार सोमबार रातीदेखि परेको निरन्तर अबिरल वर्षाको कारण इटहरी क्षेत्रका अधिकाश वडाहरु जलमग्न भएका छन् ।

गाउँ, बस्ती, टोलका आर्थिक रुपले बिपन्न गरिबका घर टहरा डुबानमा परेका छन् । खोला आसपासका धेरै खेती योग्य भु—भाग कटानमा परेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मंगलबारको बाढीले इटहरी . वडा न.१२ र १३ मा मात्रै ७ घर परिवार पुर्ण रुपमा भएका छन् भने ६ वटा पुल बगाएको जानकारी आफुलाई प्राप्त भएको अध्यक्ष बस्नेतले बताए ।

हरेक बर्ष इटहरीबासी नागरिकले यस प्रकारको समस्या झेल्दा पनि इटहरी सरकार मौन र योजना बिहिन भएको उनको आरोप छ ।

यसैवी हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।

सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो ।

उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।

धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विभागका प्रवक्ता सुनिल पोखरेलले मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुनसरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,’ उनले भने, ‘बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।’

प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट पर्नुभएको छ ।

मौसम पूर्वानुमान माहाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक –दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ ।

‘ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गरे ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved