एमाले इटहरीमा बस्नेत निर्वाचित

  • असार १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नयाँ नेतृत्वको लागि शनिबारराती सम्पन्न भएको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेस बस्नेत निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाममा बस्नेतले निकटतम प्रतिद्वन्द्वी सुजन लामालाई १ सय १८ मतले पछि पार्दै निर्वाचित भएका हुन । बस्नेतले १९७ मत प्राप्त गर्दा लामाले ७९ मत प्राप्त गरे । यस्तै अध्यक्षका अर्का उमेद्धवार उमेश पौडेलले ६२ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भए । थापाले २०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मन्दिरा भटराईले १३१ मत प्राप्त गरिन् ।

यसै गरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेन्द्र केशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे ।उप सचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मनोजकुमार राय, सुनिल कार्कीले समान ९१ मत प्राप्त गर्दा विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन् ।

लेखा कमिटी सदस्य महिला तर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटी सदस्य खुल्ला तर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन् ।

यसै गरी, हल खुल्ला महिला सदस्य तर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ, हल खुल्ला पुरुष सदस्य तर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचित भएका छन् ।

दलित महिला सदस्य तर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाति सदस्य तर्फ शिलाकुमारी गुरुङ, जनजाति पुरुष सदस्य तर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरुङ, थारु महिला सदस्य तर्फ गायत्रीकुमारी चौधरी, थारु खुल्ला सदस्य तर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन् ।

भूगोल खुल्ला सदस्य (७ नं.) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं.) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं.) तर्फ कमल कार्की, भूगोल खुल्ला (२० नं.) रवीन्द्र भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved