धरान/ धरान खानेपानी बोर्डले बृद्धि गरिएको खानेपानी महसुल खारेजीको माग गर्दै धरानका राजनीतिक दलहरुले दिएको अल्टिमेटमको समय सकिएको छ । १० वटा राजनीतिक दलहरुले शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङ राई बोर्डको अध्यक्ष रहेको खानेपानी बोर्डलाई बृद्धि गरिएको महसुल खारेजीको माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए । तर मेयर साम्पाङले दलहरुको मागलाई सुनुवाई नगरेपछि आज(मंगलबार) देखि आन्दोलनको घोषणा गरेका छन् । समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन् । ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन । बो
काठमाडौं/ पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो । जोशीको मुद्दामा प्रतिवादी
विराटनगर/ नेकपा माओबादी एमालेसँगको सत्ता समीकरणबाट बाहिरिएपछि सत्ता समीकरणमा रहेको नेपाली काँग्रेसलाई मन्त्रीहरूको नाम टुङ्ग्याउन काङ्ग्रेसलाई सकस परेको छ । पार्टी भित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्गो लगाउन काङ्ग्रेसलाई सकस परेको हो । मन्त्रीमण्डलमा पठाउनेको नाम टुङ्गोमा पुग्न नसकेपछि काङ्ग्रेस भित्र आन्तरिक किचलो बढेको छ । काङ्ग्रेस भित्रको गुटगत राजनीतिका प्रभावका कारण पनि मन्त्रीको नाम टुङ्गोमा पु¥याउन सकस भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवा निकटबाट दुई डा शेखर कोइराला निकटबाट एक र प्रभावशाली नेता कृष्ण सिटौला निकटबाट एक जनालाई मन्त्री
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको महसुल धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको भन्दै यहाँका राजनीतिक दलहरुले आज(शुक्रबार ) धरान खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् । मेयर राई धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेकाले दलहरुले ७२ घण्टे अल्टिमेटम दिदैं उक्त बृद्धि गरिएको महसुल खोरज नगरे कडा आन्दोलन गर्ने चेतावानी दिएका हुन् । शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको हो । दलहरुले छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डको कार्यालय पुगेर बोर्डको निर्देशक राजु पोख्रेलला
विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले
धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ । सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो । पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए । सोही अ
विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब
इटहरी/ स्थानीय सरकारको सत्तामा पुगेका जनप्रतिनिध र प्रशासनिक कार्य सञ्चालन गरिरहेका कर्मचारीहरुलाई थाहा हुँदा हुँदै सबै कानुन, नियम र पद्धतीलाई मिचेर मनपरी निर्णय गर्ने चलन पछिल्लो समय स्थानीय सरकारमा बढ्दै गएको पाइएको छ । कोशी प्रदेशको सुनसरीमा रहेको इटहरी सरकार अर्थात इटहरी उपमहानगरपालिका पनि त्यस्तै अभिगत पाइएको छ । इटहरी सरकार चलाउने कर्मचारीहरु पनि नबुझे झै गरेर बसिरहेका छन् । बरु उल्टै भागबण्डामा रमाएर बसुन्जेल मोटो रकम कुम्ल्याउँदै आईरहेका छन् । महालेखापरिक्षकको कार्यालयले गत जेष्ठ १३ गते इटहरी सरकारका प्रमुख(मेयर) हेमकर्ण पौडेललाई सम्बोधन गरि बुझाएको आर्थिक बर्ष २०७९/२०८० को अन्
धरान/ लामो विवादपछि धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट बल्ल विनियोजन गरेको छ । आइतबार साँझ १५ औं नगर सभा मार्फत २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको हो । सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ क
धरान/ दुई–दुई पटकसम्म आयोजना हुन नसकेको धरान उपमहानगरको नगरसभा आइतबार हुने भएको छ। असार १० भित्र आयोजना भइसक्नु पर्ने नगरसभा विवादका कारण झण्डै महिना दिन पछाडि धकेलिएको हो। मेयर हर्क साम्पाङ एकातिर अरु सबै जनप्रतिनिधि अर्कातिर हुने अवस्थाले धरान साउन १ देखि बजेटविहीन अवस्थामा छ। नगरसभा हुन नसक्दा बजेट र नीति कार्यक्रम आउन सकेको थिएन। ‘करार कर्मचारीहरुको विषयमा रहेको विवादमा सहमति भयो’, धरानका प्रवक्ता सूर्यबहादुर भट्टराईले भने ‘आज ९आइतबार० तीन बजे नगरसभा बस्दैछ।’ करारमा रहेका कर्मचारीहरुलाई हटाउने गरी मेयर साम्पाङले कार्यपालिकामा प्रस्ताव ल्याएको भन्दै अ